back
NMB ad

गण्डकीका मन्त्री आचार्य बर्खास्त, मुख्यमन्त्री कार्यालयका प्रवक्ता भन्छन्- थाहा छैन

Kumari bank ad

पोखरा ।  गण्डकी प्रदेश सरकारका ऊर्जामन्त्री हरिशरण आचार्य बर्खास्त भएका छन् । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उनलाई बर्खास्त गरेको पत्र प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष पत्र पठाएका छन् ।

तर, यसबारे मुख्यमन्त्री कार्यालयका प्रवक्ता तथा उपसचिव रामेश्वर अर्यालले आफूलाई जानकारी नरहेको बताए । मन्त्री आचार्यकाे बर्खास्तगीबारे प्रदेश प्रमुख कार्यालयमा बुझ्न भन्दै उनी पन्छिए । ‘मन्त्री बर्खास्तबारे मलाई जानकारी छैन,’ उनले भने, ‘यसबारे आधिकारिक धारणा आउला नि, एकपटक प्रदेश प्रमुख कार्यालयमा बुझ्नुस् न ।’

प्रदेश प्रमुख कार्यालयमा पनि बुझौँला, तर मुख्यमन्त्री कार्यालय मन्त्री आचार्यलाई बर्खास्त गरेको हो कि होइन ? तपाईं पनि आधिकारिक हो नि भन्दै प्रश्न गरेपछि प्रवक्ता अर्यालले फोन काटेर जवाफ नदिई पन्छिए ।

स्राेतका अनुसार मन्त्री आचार्य बर्खास्त भएकाे पत्र प्रदेश प्रमुख कार्यालयमा पुगिसकेकाे छ । उनीमाथि माओवादी अध्यक्षा पुष्पकमल दाहाल प्रचण्डविरुद्ध मत मागेकाे आराेप लागेकाे छ । उनी नेपाल समाजवादी पार्टीका सांसद हुन् । उनी आगामी निर्वाचनमा पनि उम्मेदवार हुन चाहन्थे । तर पार्टीले टिकट नदिएपछि उनले बागी उम्मेदवारी दर्ता गरेर पछि फिर्ता लिएका थिए । साेही कारण उनी सत्तागठबन्धनसँग रुष्ट हुँदै आएका छन् ।

वि.सं.२०७९ कात्तिक २२ मंगलवार १४:५४ मा प्रकाशित

You can share this post!

कतारी अमिरको नेपाल भ्रमण, सुरक्षा व्यवस्था चुस्त   

कतारी अमिरको नेपाल भ्रमण, सुरक्षा व्यवस्था चुस्त   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १२:१५

काठमाडौँ, ११ वैशाखः कतारका अमिर शेख तमिम बिन हमाद अल...

‘विस लिष्ट’ होइन, व्यवहारिक परियोजना प्रस्तुत गरौँः प्रधानमन्त्री   

‘विस लिष्ट’ होइन, व्यवहारिक परियोजना प्रस्तुत गरौँः प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:५९

काठमाडौँ, ११ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रलाई विश्वासमा...

बागलुङमा ३८ वनमा आगलागी: १५ वनको आगो नियन्त्रण बाहिर   

बागलुङमा ३८ वनमा आगलागी: १५ वनको आगो नियन्त्रण बाहिर   

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:५१

ढोरपाटन (बागलुङ), ११ वैशाख: बागलुङको बरेङ गाउँपालिका–२ को सल्लेरी सामुदायिक...

डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको प्रमुख कार्यकारी अधिकृतमा मन्जिला डंगोल नियुक्त

डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको प्रमुख कार्यकारी अधिकृतमा मन्जिला डंगोल नियुक्त

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:४६

काठमाडौं । डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको प्रमुख कार्यकारी अधिकृत पदमा...

सिईडिबी हाईड्रोपावरद्वारा लाभांश घोषणा, साधारण सभा र बुकक्लोज मिति पनि तय

सिईडिबी हाईड्रोपावरद्वारा लाभांश घोषणा, साधारण सभा र बुकक्लोज मिति पनि तय

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:४०

काठमाडौं। सिईडिबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ...

औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी   

औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी   

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:३१

मलेखु (धादिङ), ११ वैशाखः रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल...