back
NMB ad

नेशनल लाईफ इन्स्योरेन्सको तीन दिने कार्यक्रम सम्पन्न

Kumari bank ad

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुका लागि लागि ३ दिने सम्पन्न गरेको छ । तालिम कार्तिक १९ गते देखि २१ गतेसम्म “लिडर्स नाईट वीथ पारस’  कार्यक्रम काठमाडौंस्थित चन्द्रागिरी हिल्समा सम्पन्न गरेको हो ।

कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०७९ श्रावण महिनामा संचालन गरेको अभिकर्ता योजना अन्तर्गत लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरुलाई कम्पनीका ब्राण्ड एम्बेसडर समेत रहनु भएका राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्कासंग साक्षात्कार गराउने उदेश्य समेतले कार्यक्रम सम्पन्न गरिएको थियो

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि समेत रहनु भएका कम्पनीका ब्राण्ड एम्बेसडर पारस खड्काले पानसमा दिप प्रज्वलन गरी कार्यक्रमको समुद्घाटन गर्नु भएको थिायो ।

देशै भरीबाट उत्कृष्ठ व्यवसाय गरी योजनामा छनौट हुन सफल हुनभएका करिब १०० जना बरिष्ठ अभिकर्ताकहरुको सहभागिता रहेको उक्त कार्यक्रममा अभिकर्ताहरुको व्यवसायिक दक्षता अभिवृद्धि गर्ने उदेश्यले नेपालका चर्चित मोटिभेसनल प्रशिक्षक श्री सौरभ लोहनीज्यूले सेल्स मोटिभेसन तथा स्कील डेभलपमेण्ट सम्वन्धमा प्रशिक्षण प्रदान गर्नुभएको थियो ।

यसैगरी तोकिएको लक्ष्य पुरा गरी कार्यक्रममा सहभागि हुन सफल अभिकर्ताहरुको अथक परिश्रम र मेहनतको कदर गर्दै वहाँहरुलाई सम्मान पनि गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि एवं कम्पनीका ब्राण्ड एम्बेसडर पारस खड्काले नेपाली क्रिकेट टिमलाई यो स्थानमा ल्याई पु¥याउन आफ्नो तर्फबाट गर्नुभएको मेहनत र संघर्ष साथै राष्ट्रिय टिमको नेतृत्व लिएपछि वहन गरेको जिम्मेवारीका बारेमा आफ्नो अनुभव जानकारी गराउनु भएको थियो ।

साथै वहाँले नेशनल लाईफ इन्स्योरेन्स कम्पनी संग आवद्ध भई कार्यक्रममा सम्मानित बिजनेश लिडरहरुसंग साक्षात्कर हुन पाउँदा आफूलाई अत्यन्तै खुशी लागेको बताउनु हुँदै सहभागि अभिकर्ताहरुलाई बधाई समेत दिनु भएको थियो ।

वि.सं.२०७९ कात्तिक २२ मंगलवार १६:०८ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...