back
NMB ad

छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु

Kumari bank ad

काठमाडौं । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ ।

काठमाडौं महानगरपालिका–३ चक्रपथ नारायणगोपाल चोकमा ना.८ ख १८४१ नम्बरको ट्रकले बा.प्र ०२–०३२ प २२२७ नम्बरको स्कुटरलाई बुधबार ठक्कर दिँदा स्कुटरमा सवार दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका स्कुटर चालक कास्की मादी गाउँपालिका–९ बस्ने ४७ वर्षीय बेल बहादुर राना मगर र स्कुटरमा सवार सोही ठाउँ बस्ने ४१ वर्षीया कल्पना राना मगरको शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बाराको पचौरौता नगरपालिका–८ नहरको बाटोमा प्र.२–०३००१ त ४९९१ नम्बरको ट्रयाक्टर बुधबार साँझ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ट्रयाक्टर चालक स्वर्ण गाउँपालिका–३ बकतवा बस्ने २७ वर्षीय जवाहीर सहनी छन् । उनको घटनास्थलमै मृत्यु भएको हो ।

यसैगरी बाराको महागढीमाई नगरपालिका–२ पत्रहटी चोकमा प्र.३–०२–०११ प ८३७४ नम्बरको मोटरसाइकल गएराति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार पर्सा धोबिनी गाउँपालिका–३ बस्ने ४० वर्षीय बिन्देश्वर सहनी छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको एनएमसी अस्पताल वीरगन्जमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

हुम्लाको नाम्खा गाउँपालिका–५ बुकिबाल्नास्थित सडकमा बा.१८ च १४१७ नम्बरको बोलेरो जिप बुधबार दुर्घटना हुँदा जिपमा सवार सोही गाउँपालिका–५ बस्ने २८ वर्षीय कुङगा तेन्जिन तामाङको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका जिपका चालक समेत २ जनाको जिल्ला अस्पताल सिमकोट हुम्लामा उपचार भइरहेको छ ।

मकवानपुरको बकैया गाउँपालिका–४ छतिवनस्थित सडकमा बा.प्र ०३–००१ त ३४१ नम्बरको ट्रयाक्टर बुधबार राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रयाक्टरमा सवार बागमती गाउँपालिका–५ बगेरी बस्ने २७ वर्षीय सत्यमान घिसिङ छन् ।

दुर्घटनामा घाइते भएका ट्रयाक्टरमा सवार एक जनालाई हेटौंडा अस्पताल हुँदै थप उपचारको लागि चुरेहिल अस्पताल हेटौंडा पठाइएको छ । ट्रयाक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दैलेखको भैरवी गाउँपालिका–५ गिताचौरस्थित सडकमा क.प्र.०२००१ त ०३०७ नम्बरको ट्रयाक्टरको ठक्करबाट उक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ५३ वर्षीय लाल बहादुर शाही छन् । उनको बुधबार राति मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका उनको दुल्लु अस्पताल दुल्लुमा उपचारको क्रममा मृत्यु हो । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

बाँकेको कोहलपुर नगरपालिका–१३ स्थित सडकमा भे.९ प ७१३० नम्बरको मोटरसाइकल गएराति दुर्घटना हुँदा मोटरसाइकल चालक बैजनाथ गाउँपालिका–५ बस्ने ३० वर्षीय गणेश योगीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनालाई सोही अस्पतालमा हुँदै थप उपचारको लागि भारतको लखनउ रिफर गरिएको छ ।

दुबै सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

वि.सं.२०७९ कात्तिक २४ बिहीवार १३:३३ मा प्रकाशित

You can share this post!

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालको जलविद्युतमा गरिरहेको प्रगति...

सांसद डा शर्माद्वारा बाल अस्पताललाई  २० लाख रुपैंया सहयोग   

सांसद डा शर्माद्वारा बाल अस्पताललाई २० लाख रुपैंया सहयोग   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:३४

काठमाडौँ, ६ वैशाखः प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२८

काठमाडौँ, ६ वैशाख : नागरिक लगानी कोष र सिउरी न्यादी...

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार दुई कम्पनीको मूल्य...

पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन   

पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १५:२८

कमलकुमार बस्नेत काठमाडौँ, ६ वैशाखः दिनको पहिलो प्रहर सुरु भइसकेको...

यी कम्पनीको सेयर मूल्य बढ्यो, कुनको कति ?

यी कम्पनीको सेयर मूल्य बढ्यो, कुनको कति ?

वि.सं.२०८१ वैशाख ६ बिहीवार १५:२३

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...