back
NMB ad

विद्युतलाइन भूमिगत गर्दा तीनकुनेस्थित मुख्य खानेपानी पाइपलाइनमा क्षति

Kumari bank ad

काठमाडौं । आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) सँग समन्व नगरी नेपाल विद्युत प्राधिकरण, काठमाडौं उपत्यका पूर्व तथा दक्षिण वितरण प्रणाली आयोजनाले विद्युतलाइन भूमिगत गर्दा काठमाडौंको तीनकुनेमा अवस्थित मुख्य खानेपानी पाइपलाइनमा क्षति पुगेको छ ।

प्राधिकरणको आयोजनाले विद्युतलाइन भूमिगत गर्दा तीनकुनेमा रहेको मुख्य खानेपानी पाइपलाइनमा पुगेको क्षतिका बारेमा पिआइडी लाई जानकारी नगराएका कारण हिजो कात्तिक २४ गते काठमाडौंको सुन्दरीजलबाट बागमतीको प्रशोधित खानेपानी खुमलटार लैजाने क्रममा चुहावट भई तीनकुने क्षेत्र जलमग्न भएको हो ।

क्षति भएको मुख्य पाइपलाइनको मर्मत तथा पुनःस्थापनाको कार्य कसरी अगाडि बढाउने र त्यसका लागि लाग्ने खर्चका सम्बन्धमा पिआइडी बाट अध्ययन शुरु भएको छ । मुख्य पाइपलाइनको मर्मत एवम् पुनःस्थापनाका लागि लाग्ने सम्पूर्ण क्षतिपूर्ति रकम नेपाल विद्युत प्राधिकरण, काठमाडौं उपत्यका पूर्व तथा दक्षिण वितरण प्रणाली आयोजनाले व्यहोर्नुपर्ने जानकारी गराइएको छ ।

मेलम्चीको खानेपानी नयाँ खानेपानी वितरण संजालबाट वितरण गर्ने तयारी स्वरुप काठमाडौं उपत्यकाका विभिन्न स्थानमा विच्छ्याइएका खानेपानी वितरण पाइपहरुको परीक्षण गर्ने कार्य हाल भइरहेको पनि सबैको जानकारीका लागि  आग्रह गरेको छ ।

तसर्थ, खानेपानीका नयाँ पाइपलाइनहरु विच्छ्याइएका स्थानहरुमा सडक तथा ढल निर्माण एवम् मर्मत र विद्युतलाइन तथा टेलिफोनका तारहरु भूमिगत गर्ने कार्य शुरु गर्नुभन्दा अगाडि पिआइडी सँग समन्वय गर्नुहुन सम्बद्ध सबै निकायहरुलाई पिआइडी पुनः आग्रह गरेको छ।

अन्यथा, खानेपानीका पाइपलाइनमा क्षति भई उपभोक्ताहरुलाई खानेपानी वितरण गर्ने कार्य अवरुद्ध भएमा त्यसको जिम्मेवारी सम्बन्धित निकायले लिनुपर्ने पनि जानकारी गरेको छ ।

वि.सं.२०७९ कात्तिक २५ शुक्रवार १८:१६ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...