back
NMB ad

आज २६ कात्तिक २०७९ शनिबार, यस्तो छ तपाइको आजको राशिफल

Kumari bank ad

आजको पात्रो : २६ कात्तिक २०७९, शनिबार । तद्नुसार नोभेम्बर १२ तारिक २०२२ । मार्गकृष्णपक्ष चर्तुर्थी, बव करण, मृगशिरा नक्षत्र, सिद्ध योग, चन्द्रमा मिथुन राशिमा रहेको छ ।

आज बिहान सूर्योदय ६ः२३ मा र सूर्यास्त ५ः१४ मा हुनेछ । आज बिहान ९ः०६ देखि १०ः२७ सम्मको समय राहुकाल रहेको छ । यो समयमा आजको दिन शुभकार्य गर्नु हुँदैन । ११ः२७ देखि १२ः१० सम्मको समय अभिजित मुहूर्त रहेको छ । यो समय आजको दिन शुभ समय हो ।
आजका देवता कार्तिकेय, ग्रहदेव केतु हुन् ।

पिपलको वृृक्षमा जल अभिषेक गर्नु उत्तम हुनेछ । आजको दिन यात्राका लागि उत्तम समय रहेको छ । सामाजिक कामका लागि आज अति उत्तम रहेको छ । धार्मिक कार्यको लागि, धार्मिक क्षेत्रको यात्राका लागि समेत आजको दिन उत्तम छ । आजको दिन दीर्घकालीक प्रभाव पार्ने खालको निर्णय गर्नु हुँदैन ।

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)
आजको दिन व्यापार व्यवसायबाट अर्थ लाभ हुनेछ । परिवार र सन्तानबाट साथ सहयोग पाइने छ । परिवारको साथ सहयोगले कार्ययोजना सफल हुनेछ । यात्राबाट फाइदा हुनेछ । आज सूर्योदयपछि मात्र यात्रा गर्नुपर्छ । पूर्वदिशा तर्फको यात्रा फलदायी हुनेछ ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)
वृष राशिका जातकका लागि आजको दिन अर्थलाभ हुनेछ । व्यापारबाट फाइदा  हुनेछ । सकारात्मक हुन जरुरी छ । आफूभन्दा ठूला व्यक्तिसँग भेटघाट  गर्दा नयाँ कार्ययोजना तयार हुनसक्छ । कुनै देवालयको दर्शन गर्नुहोला । आजको दिन शनिदेवको दर्शन गरेर गरेका काम सफल हुनेछ । आजको दिन बिहान स्नान गरेपछि सूर्योदयको दर्शन गर्नुहोला ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)
आजको दिन परिवार र आफन्तजनले तपाईमाथि अनेक आरोप लगाउन सक्नेछन् । सकारात्मक सोच राखेर काम गर्नुभयो भने मात्र खुसी हुनसक्नु हुनेछ । मिथुन राशिका जातकका लागि आजको दिन मौन र अनावश्यक काममा बाहिर नजानु बेस होला । आजको दिन घर परिवारको काम गरेर बस्नु नै उत्तम हुनेछ । चन्द्रमाको साथ रहेको छ । सूर्योदयका दर्शन गर्नुहोला ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)
आजको दिन कसैसँग विवाद भयो भने हानी हुनसक्छ । यात्रा गर्दा अनावश्यक खर्च बढ्नेछ । संकटाको मन्दिर क्षेत्रमा गएर कुनै गरिव व्यक्तिलाई खानेकुरा दान गर्नु उत्तम हुनेछ । आज बिहान स्नान गरेपछि सूर्यनारायणलाई जल अर्पण र दर्शन गर्नुभयो भने साता नै सफल हुनेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)र्
आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनसक्छ । स्वास्थ्यमा समस्या देखिएको भए पनि क्रमिक सुधार हुनेछ । आजको दिन नयाँ काम शुरु नगर्दा राम्रो हुनेछ । मित्र र आफन्तजनसँगको भेटबाट आर्थिक लाभ समेत हुनसक्नेछ । आज कुनै देवालयको दर्शन गर्नुहोला ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)
आज आफन्तसँग सम्बन्ध विग्रन सक्छ । अध्ययन अध्यापनबाट सफलता प्राप्त हुनेछ । कन्या राशिका जातकले आज स्त्रीकोे साथ सहयोगबाट कार्य गर्दा सफलता प्राप्त हुन्छ । कुमारी अथवा साना कन्यालाई केही खानेकुरा र बस्त्र दान दिनु होला । देवालयको यात्राले मनमा शान्ति प्राप्त हुनेछ ।

तुला ( रा.री.रु.रे.रो.ता.ती.तु.ते)
कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मेहनतपूर्वक लाग्नुहोला । कलाकारितामा र रचनात्मक काममा मन जानेछ । परिवारमा वा स्त्रीसँग विवाद हुनसक्छ । आजको दिन कार्य गर्दा तुला राशिका जातकले सोच विचार गर्नु उत्तम होला । अध्ययन अध्यापनको काममा रुचि जाग्नेछ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)
आजको दिन शुभ कार्यको सम्भावना बढी हुनेछन् । यात्रा गर्दा सूर्योदय भन्दा पछि र सूर्यास्त भन्दा पहिले यात्रा समापन गर्नुहोला । आजको दिन सकेसम्म कसैसँग विवाद हुने कुरा नगर्नुहोला । विवादबाट हानी मात्र हुनेछ । आर्थिक व्यय हुने सम्भावना छ । आजको दिन खर्च गर्नुभन्दा पहिले एक पटक सोच विचार गर्नुहोला ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)
सन्तानबाट सुख र स्त्रीको साथ सहयोगले सफलता मिल्नेछ । आफन्त र परिवारजनबाट साथ सहयोग हुनेछ । मानसम्मान समेत मिल्नेछ । सामाजिक र अध्यात्मसेवाका काममा लाग्नु होला । सामाजिक कार्यबाट नै सकारात्मक उर्जा मिल्नेछ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)
विगतदेखि गर्दै आएको कामबाट मानसम्मान प्राप्त हुनेछ । दुःखका कुरा कम र हर्षका कुरा बढी गर्नु होला । सकारात्मक सोच राखेर काम गर्नुहोला । अनावश्यक आरोप पनि लाग्न सक्छ । कसैप्रति दुराग्रह छ भने पनि त्यो भाव हटाउन प्रयास गर्नुहोस् । देवालय र शिवालयको यात्राले मनमा प्रसन्नता छाउनेछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)
शनिदेवको मन्दिरमा पुगेर दर्शन गर्दा उर्जा प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख, समृद्धि प्राप्त हुनेछ । सामाजिक सेवाका काम गर्नु उत्तम हुनेछ । परिवारका जेष्ठ सदस्यलाई उपहार दिएर आशीर्वाद लिनु उत्तम हुनेछ । साना बालबालबालिकालाई केही खानेकुरा दिनुभयो भने उत्तम रहनेछ । आजको दिन फलामका सामान खरिद गर्नुहोला ।

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची)
अध्ययन अध्यापनमा समय विताउदा मीन राशिका जातकका लागि फाइदा हुनेछ । आफन्तजनसँगको यात्राले खुसियाली छाउने छ । बिहान स्नान, सूर्योदयको दर्शनपछि अध्यात्म ग्रन्थको अध्ययन, मनन, चिन्तन र श्रवणले उर्जा मिल्नेछ । आजको दिन शैक्षिक कार्ययोजना बनाउँदा सफलता मिल्नेछ । शिवालयको दर्शन गर्दा उर्जा मिल्नेछ ।

वि.सं.२०७९ कात्तिक २६ शनिवार ०६:१३ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...