काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक बर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार संस्थाको मुनाफामा गिरावट आएको देखिन्छ ।
संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको तुलनामा नाफा ४९.३८ प्रतिशतले थोरै हो ।
गत वर्ष कम्पनीले ५ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यता, कम्पनीको खुद ब्याज आम्दानी भने ३.६० प्रतिशतले बढेको छ ।
तर, यसको सञ्चालन नाफा भने ४९.३९ प्रतिशतले घटेको छ । यसले गर्दा नाफा प्रभावित हुन पुगेको छ । यता, नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि घटेको छ ।
त्यस्तै, संस्थाको चुक्ता पुँजी ५३ करोड १२ लाख रुपैयाँ र जगेडा कोषमा ३० करोड ३१ लाख ६० हजार रुपैयाँ रहेको छ ।
समिक्षा अवधिमा संस्थाको बार्षिकृत प्रतिसेयर आम्दानी (ईपीएस) ३०.०६ रुपैयाँले घटेर २१.२८ रुपैयाँ पुगेको छ भने संस्थाको प्रतिसेयर नेटवर्थ १९९ रुपैयाँ १ पैसा रहेको छ ।
वि.सं.२०७९ कात्तिक २७ आइतवार ०८:५९ मा प्रकाशित