back

नेसनल हाइड्रोपावरको विद्युत बिक्री आम्दानी बढ्यो, ९८ प्रतिशतले घट्यो नाफा

काठमाडौं । नेसनल हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार कम्पनीले ६८ लाख १८ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

गत आर्थिक वर्षको यसैअवधिमा कम्पनीको नाफा ५८ करोड ७४ लाख ४३ हजार रुपैयाँ रहेको थियो । गत वर्षको तुलनामा उक्त नाफा ९८.४८ प्रतिशतले कम हो ।

समिक्षा अवधिसम्म आइपुग्दा कम्पनीले विद्युत् बिक्रीबाट हुने आम्दानी ३६८.६८ प्रतिशतले बढाएर ६ करोड ३६ लाख २८ हजार रुपैयाँ कमाएको छ ।

अघिल्लो वर्ष कम्पनीले विद्युत् बिक्रीबाट १ करोड ३५ लाख रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीको चुक्ता पुँजी १ अर्ब ६४ करोड ५० लाख १६ हजार रुपैयाँ रहको छ ।

जगेडा कोषमा २ करोड ३८ लाख रुपैयाँ जम्मा रहेको छ । यसको प्रतिसेयर आम्दानी १ रुपैयाँ ९६ पैसा छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ १०१ रुपैयाँ ३६ पैसा रहेको छ ।

वि.सं.२०७९ कात्तिक २७ आइतवार ०९:११ मा प्रकाशित

You can share this post!

याक एण्ड यतीमा कानुन विपरित विदेशी कामदार, श्रम विभागमा पर्यो उजुरी

याक एण्ड यतीमा कानुन विपरित विदेशी कामदार, श्रम विभागमा पर्यो उजुरी

वि.सं.२०७९ माघ २३ सोमवार २०:१३

काठमाडौं । काठमाडौंको प्रतिष्ठित पाँचतारे होटेल याक एण्ड यतीमा कानुन...

सुपर माई हाइड्रोपावरको आइपीओमा पहिलो दिनमै बढी आवेदन, यस्तो छ अपडेट

सुपर माई हाइड्रोपावरको आइपीओमा पहिलो दिनमै बढी आवेदन, यस्तो छ अपडेट

वि.सं.२०७९ माघ २३ सोमवार १९:३५

काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडको शेयरमा पहिलो दिनमै माग भन्दा...

हिमपातले चीनबाट ल्याइएकाे सामग्री हिल्सामै रोकियाे

हिमपातले चीनबाट ल्याइएकाे सामग्री हिल्सामै रोकियाे

वि.सं.२०७९ माघ २३ सोमवार १७:११

हेमन्त केसी,सुर्खेत । हुम्लाको नारा लेकमा भारी हिमपात भएपछि चीनबाट...

उच्च अदालतको आदेश- पल शाहलाई १५ दिनभित्र उपस्थित गराउनू

उच्च अदालतको आदेश- पल शाहलाई १५ दिनभित्र उपस्थित गराउनू

वि.सं.२०७९ माघ २३ सोमवार १६:५१

काठमाडौं । उच्च अदालत पोखराले अभिनेता पल शाहलाई उपस्थित गराउन...

महँगिदै नेपालीको भान्सा, मूल्यवृद्धि  ७.२६ प्रतिशत पुग्यो

महँगिदै नेपालीको भान्सा, मूल्यवृद्धि ७.२६ प्रतिशत पुग्यो

वि.सं.२०७९ माघ २३ सोमवार १६:४६

काठमाडौं । चालु आर्थिक वर्षको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.२६...

रेमिट्यान्स २४.३ प्रतिशतले बढ्यो, ६ महिनामा ५ खर्ब ८५ अर्ब रेमिट्यान्स भित्रियो

रेमिट्यान्स २४.३ प्रतिशतले बढ्यो, ६ महिनामा ५ खर्ब ८५ अर्ब रेमिट्यान्स भित्रियो

वि.सं.२०७९ माघ २३ सोमवार १६:३१

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा विप्रेषण (रेमिट्यान्स) आप्रवाह...