
काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ बढेको छ । आइतबार सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ९७ हजार ३०० रुपैयाँ, तेजावी सुन ९६ हजार ८०० रुपैयाँमा कारोाबार भइरहेको छ ।
त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर १३ सय रुपैयाँ कायम भएको छ ।
वि.सं.२०७९ कात्तिक २७ आइतवार ११:५१ मा प्रकाशित