back
NMB ad

कांग्रेसका नेता प्रदीप पौडेलले सुकुम्बासी बनेर सरकारी जग्गा बाबुको नाममा दर्ता गरेको खुलासा

Kumari bank ad

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले तनहुँमा सरकारी जग्गा आफ्नो बाबुको नाममा दर्ता गरेको रहस्य सार्वजनिक भएको छ ।

तनहुँको दुलेगौंडाबाट ढोरफिर्दी हुँदै स्याङ्जा जाने सार्वजनिक सडक र आसपासको जग्गा प्रदीप पौडेलले आफ्नो सहोदर बाबु डिल्लीरमण पौडेलको नाममा दर्ता गरेको तथ्य सार्वजनिक भएको हो । साविक ढोरफिर्दी गाविस वडा नम्बर ३ गणपति बजार नजिकै पर्ने हालको शुक्लागण्डकी नगरपालिका वडा नम्बर ८ स्थित नक्सा नम्बर ३ ‘ख’ को कित्ता नम्बर १३९१ को एक रोपनी जग्गा प्रदीपले बाबुका नाममा दर्ता गराएका हुन् ।

प्रदीपले उदयराज गौलीको नेतृत्वमा २०५२ सालमा बनेको सकुम्बासी आयोगबाट घरनजिकैको यो जग्गा हड्पेका हुन् । २०४५ सालतिर नै यो सडक बनिसकेको थियो । तर, सडकको आसपासको जग्गा करोडौं पर्ने लोभले उनीहरुले सडक र वरपरको जग्गा २०५२ सालमा सुकुम्बासी आयोगबाट आफ्नो नाममा दर्ता गर्न सफल भएका हुन् । स्थानीय बासिन्दाका अनुसार, प्रदीपका बाबु शिक्षक थिए । उनीहरु सुकुम्बासी होइनन् । तर, काँग्रेसका नेता गौली सुकुम्बासी आयोगको अध्यक्ष भएका बेला उनीहरुले सरकारी जग्गा आफ्नो नाममा दर्ता गर्न सफल भएका हुन् ।

प्रदीप र उनका बाबु यस्तै बदमासीका कारण तनहुँमा बदनाम छन् । प्रदीप २०७४ सालको निर्वाचनमा माओवादीकी सामान्य नेता आशा कोइरालासँग प्रदेश सभामा पराजित भएका थिए । २०७९ सालमा पनि प्रदीप चुनाव लड्न चाहन्थे । तर, प्रदीपको छवि तनहुँमा राम्रो नभएका कारण काँग्रेसले तनहुँ क्षेत्र नम्बर २ मा शंकर भण्डारीलाई उम्मेदवार बनाएको छ । जबकी शंकर तनहुँ क्षेत्र नम्बर १ का नेता हुन् ।

तनहुँमा टिकट नै नपाएपछि प्रदीप यतिबेला उछिट्टिएर काठमाडौं क्षेत्र नम्बर ५ मा आइपुगेका छन् । काँग्रेसका प्रभावशाली डा. प्रकाशशरण महत समेत चुनाव लड्न डराएर समानुपातिकमा बसेका बेला प्रदीपका लागि काठमाडौं क्षेत्र नम्बर ५ मा चुनाव जित्ने कुनै सम्भावना नै नभएको बताइन्छ । काठमाडौं क्षेत्र नम्बर ६ मा प्रदीपले बनाएको घरको बारेमा समेत प्रश्न उठेको छ । अहिलेसम्म कुनै पनि लाभको पदमा नबसेका र कुनै रोजगारी पनि नगरेका प्रदीपले काठमाडौंमा बनाएको घर र सम्पत्तिका बारेमा स्वयम् तनहुँका निवर्तमान श्रममन्त्री एवं तनहुँका नेता किसान श्रेष्ठले पत्रकार सम्मेलनले नै गरेर प्रश्न उठाएका थिए ।

प्रदीपले चर्चा चर्का चुनावी नारा लगाए पनि उनको विगत त्यति राम्रो छैन् । मानव तस्करीमा रहेका कास्कीका एक जना व्यक्तिको मुख्य सहयोगी भएका कारण प्रदीपलाई २० घण्टा थुनामा राखेर जापानको अध्यागमनले २०७४ असोज १ गते प्रदीपलाई नेपाल डिपोर्ट गरिदिएको थियो ।

प्रदीप पौडेलको नेतृत्वमा त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेमबहादुर चलाउनेलाई अंगभंग हुने गरी कुटपिट समेत भएको थियो । प्रदीप उम्मेदवार भएपछि चलाउनेले ट्वीट गर्दै गुण्डाको संरक्षण, अपराधको राजनीतिकरण गर्नमा माहिर प्रदीप पौडेलले सदाचारको पाठ कसरी पढाउन सकेको भनेर प्रश्न उठाएका छन् ।

वि.सं.२०७९ कात्तिक २७ आइतवार १२:२५ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...