काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ सामान्य घटेको छ । सोमबार सुनको भाउ तोलामा १ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९७ हजार २०० रुपैयाँ, तेजावी सुन ९६ हजार ७०० रुपैयाँमा कारोाबार भइरहेको छ ।
त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेर १ हजार २९५ रुपैयाँ कायम भएको छ ।
वि.सं.२०७९ कात्तिक २८ सोमवार ११:४२ मा प्रकाशित