back
mega bank Ad
Hero Ad

मेरो माइक्रोफाइनान्सको नाफामा पहिरो, ईपीएस कति ?

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडले चालु आर्थिक बर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

प्रकाशित विवरण अनुसार संस्थाले २ करोड ५५ लाख ८५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ८४.३६ प्रतिशतले कम हो । गत वर्षको यही अवधिमा संस्थाले १६ करोड ३६ लाख ६३ हजार खुद नाफा आर्जन गरेको थियो।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म संस्थाको सञ्चालन मुनाफा पनि ८५.२४ प्रतिशतले घटेर ३ करोड ४५ लाख ४ हजार रुपैयाँ पुगेको छ । गत वर्षको यही अवधिमा संस्थाको सञ्चालन मुनाफा २३ करोड ८७ लाख ८५ हजार रूपैयाँ रहेको थियो ।

त्यसैगरी, पहिलो त्रैमाससम्म आइपुग्दा संस्थाको खुद व्याज आम्दानी पनि ३६ प्रतिशतले घटेर २० करोड १६ लाख ५५ हजार रुपैयाँ पुगेको छ ।

त्यस्तै, संस्थाको चुक्ता पुँजी १ अर्ब ३० करोड रुपैयाँ र जगेडा कोषमा ४९ करोड ३९ लाख २९ हजार रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा संस्थाको बार्षिकृत प्रतिसेयर आम्दानी (ईपीएस) ४६.०२ रुपैयाँले घटेर ८.५३ रुपैयाँ पुगेको छ भने संस्थाको प्रतिसेयर नेटवर्थ १७२ रुपैयाँ १८ पैसा रहेको छ ।

वि.सं.२०७९ कात्तिक २८ सोमवार १२:१४ मा प्रकाशित

You can share this post!

सुनसरी ३ मा विजय गच्छदारलाई पराजित गर्दै एमालेकी भगवती चौधरी विजयी

सुनसरी ३ मा विजय गच्छदारलाई पराजित गर्दै एमालेकी भगवती चौधरी विजयी

वि.सं.२०७९ मंसिर १३ मंगलवार १८:५४

काठमाडौं । सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी...

मेलम्चीको बहाव घटबढ हुन सक्ने भन्दै सतर्क रहन समितिको आग्रह

मेलम्चीको बहाव घटबढ हुन सक्ने भन्दै सतर्क रहन समितिको आग्रह

वि.सं.२०७९ मंसिर १३ मंगलवार १६:५६

काठमाडौं ।  मेलम्ची नदीमा पानीकाे बहाव घटबढ हुन सक्ने भन्दै स्थानीयवासीलाई सतर्कता...

कांग्रेसमा प्रधानमन्त्री दाबी गर्ने संख्या बढेपछि अगाडि सरेनन् प्रचण्ड र माधव नेपाल

कांग्रेसमा प्रधानमन्त्री दाबी गर्ने संख्या बढेपछि अगाडि सरेनन् प्रचण्ड र माधव नेपाल

वि.सं.२०७९ मंसिर १३ मंगलवार १६:२९

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ ।...

मेगा बैंकको लाभांश राष्ट्र बैंकद्वारा परिमार्जन गरी स्वीकृत

मेगा बैंकको लाभांश राष्ट्र बैंकद्वारा परिमार्जन गरी स्वीकृत

वि.सं.२०७९ मंसिर १३ मंगलवार १६:०४

काठमाडौं । राष्ट्र बैंकले मेगा बैंक लिमिटेडको लाभांश स्वीकृत गरेको...

झिनो अंकले बढ्यो सेयर बजार, कारोबार रकम घट्यो

झिनो अंकले बढ्यो सेयर बजार, कारोबार रकम घट्यो

वि.सं.२०७९ मंसिर १३ मंगलवार १५:०४

काठमाडौं । आज सेयर बजारमा झिनो अंकले बढेको छ ।...

नेपालमा पहिलोपटक दक्षिण एसियाली टेबल टेनिस च्याम्पियनसिप

नेपालमा पहिलोपटक दक्षिण एसियाली टेबल टेनिस च्याम्पियनसिप

वि.सं.२०७९ मंसिर १३ मंगलवार १४:३८

काठमाडौं । नेपालमा पहिलोपटक दक्षिण एसियाली टेबल टेनिस च्याम्पियनसिप २०२२ आयोजना...