back
NMB ad

तोसिमा कार्कीको मुद्दामा सकियो बहस, आजै फैसला आउने

Kumari bank ad

काठमाडौं ।  ललितपुर ३ की स्वतन्त्र उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी सम्बन्धमा परेको रिटमा सर्वोच्च अदालतमा बहस सकिएको छ । उनको उम्मेदवारी  कायम रहने वा नरहने विवादसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले यसअघि अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

मेडिकल काउन्सिलको निर्वाचित सदस्य लाभको पद ठहर गर्दै निर्वाचन आयोगले कार्कीको उम्मेदवारी खारेज गरेकोमा सर्वोच्चका न्यायाधीश कुमार चुडालको एकल इजलासले अन्तरिम आदेशमार्फत यथावत् राखेको थियो ।

त्यसविरुद्ध आयोगले दिएको भ्याकेट निवेदन सोमबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा सुनुवाइ भएको हो । आजै कार्कीको उम्मेदवारी कायम राख्ने कि अयोग्य घोषणा गर्ने फैसला आउने भएको छ ।

वि.सं.२०७९ कात्तिक २८ सोमवार १२:४५ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...