back
NMB ad

चक्रीय अन्नपूर्ण पदमार्गमा याक अट्याक साइकल दौड प्रतियोगिता सुरु

Kumari bank ad

लमजुङ । विश्वविख्यात चक्रीय अन्नपूर्ण पदमार्गमा अन्तर्राष्ट्रियस्तरको साइकल दौड प्रतियोगिता ‘याक अट्याक २०२२’ आइतबारदेखि सुरु भएको छ । प्रतियोगिताको १४ औं संस्करणको पहिलो दिन उनीहरुले लमजुङमको बेंसीसहरदेखि पुमागाउ, बाग्लुङपानी, नजरे हुँदै चण्डिस्थान मकैडााडा झरेर बेंसीसहरसम्मको ३० किलोमिटरमा साइकल कुदाए ।

दोस्रो दिन सोमबार उनीहरु चक्रीय अन्नपूर्ण पदमार्गको गन्तव्य मनाङ प्रवेश गर्नेछन् । उनीहरुले ७ दिन साइकल कुदाउने याक अट्याक कार्यक्रमका प्रबन्धक अजय पण्डित क्षेत्रीले बताए  । उनका अनुसार प्रतियोगिताको पहिलो दिन पुरुष खुलातर्फ सशस्त्र प्रहरीका सुरज रानामगरले १ घण्टा ३५ मिनेट २० सेकेन्डमा निर्धारित दूरी पार गरी प्रथम भएका छन् ।

क्यानडाका कोरी वाल्लेस द्वितीय भएका छन् । उनले १ घण्टा ३५ मिनेट २२ सेकेन्डमा निर्धारित दूरी पार गरे । नेपालका कुमार तामाङ १ घण्टा ४० मिनेट ४० सेकेन्डमा निर्धारित दूरी पार गरी तृतीय भए ।

कोरीले यसअघि लगातार ४ पटक प्रतियोगिता जितेका थिए । खुला महिलातर्फ नेपाल आर्मीका उषा खनालले १ घण्टा, ५९ मिनेट ३४ सेकेन्डमा निर्धारित दूरी पार गरी प्रथम भएकी छन् । अष्ट्रियाकी सब्रिना फिल्जमोस्टर १ घण्टा ५९ मिनेट ३५ सेकेन्डमा निर्धारित दूरी पार गरी द्धितीय भईन् । नेपालकी हुमी बुढामगर २ घण्टा ३० मिनेट १७ सेकेन्डमा निर्धाति दूरी पार गरी तृतीय भईन् ।

प्रतियोगितामा ४० वर्ष माथिका मध्ये कोस्टारिकाका अन्ड्रिस गम्बोअले १ घण्टा ५६ मिनेट ५५ सेकेन्डमा निर्धारित दूरी पार गरी प्रथम भए । नेपालका हर्क लामा १ घण्टा ५९ मिनेट १० सेकेन्ड सयममा निर्धारित दूरी पार गरी द्धितीय भएका छन् ।

इटालीका माइकल डि बेरारडिनो २ घण्टा ५ मिनेट ३ सेकेन्डमा निर्धारित दूरी पार गरी तृतीय भए । आयोजक माउन्टेन बाइकिङ वल्र्ड वाइड लिमिटेडका निर्देशक बेलायती नागरिक फिल इभान्सका अनुसार प्रतियोगितामा नेपाल सहित बेलायत, फ्रान्स, इटाली, जर्मन, अमेरिका लगायत ८ देशका १२ जना अन्तर्राष्ट्रिय साइकल रेसरले सहभागिता जनाएका छन् । नेपाली ९ जना छन् । २ जना विदेशी महिला समेत सहभागि छन् ।

प्रतियोगिताको पहिलो दिन लमजुङ, दोस्रो दिन मनाङको चामे, तेस्रो दिन मनाङ, चौथो दिन मनाङ गाउँमा विश्राम हुने कार्यक्रमका प्रबन्धक क्षेत्रीले बताए । पाँचौं दिन थोराङला फेदी, छैठौं दिन चक्रीय अन्नपूर्ण पदमार्गमा पर्ने विश्वकै अग्लो भञ्ज्याङ मानिएको थोराङला (५,४१६ मि) पास गरेर मुस्ताङको कागवेनी, सातौं दिन कागवेनी वरपर, आठौं दिन कालोपानी पुगेर प्रतियोगिता सकिनेछ। प्रतियोगिता अवधिभर साइकल रेसरले २ सय २० किलोमिटर पार गर्ने उनको भनाई छ । फिल इभान्सका अनुसार विश्वव्यापी कोरोना संक्रमणका कारण २ वर्ष प्रतियोगिता भएन ।

वि.सं.२०७९ कात्तिक २८ सोमवार १४:२६ मा प्रकाशित

You can share this post!

कतारका अमिरको नेपाल भ्रमण : भैरहवा–कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह   

कतारका अमिरको नेपाल भ्रमण : भैरहवा–कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १४:४७

भैरहवा (रुपन्देही), ११ वैशाख : नेपाल भ्रमणमा आउन लाग्नुभएका कतारका...

नेपाल र कतारबीचका महत्वपूर्ण द्विपक्षीय सम्झौताहरु   

नेपाल र कतारबीचका महत्वपूर्ण द्विपक्षीय सम्झौताहरु   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १४:४२

काठमाडौँ, ११ वैशाख: राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख...

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिका प्रतिनिधिमण्डलको भेट   

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिका प्रतिनिधिमण्डलको भेट   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १४:०४

काठमाडौँ, ११ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग रुसको चेम्बर्स अफ...

नासाको भोएजर अन्तरिक्ष यानद्धारा पृथ्वीमा इन्जिनियरिङ् अद्यावधिक पठाउन पुनः सुरु   

नासाको भोएजर अन्तरिक्ष यानद्धारा पृथ्वीमा इन्जिनियरिङ् अद्यावधिक पठाउन पुनः सुरु   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:५८

लस एन्जलस, ११ वैशाख  : अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले नोभेम्बरपछि...

काठमाडौँका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन   

काठमाडौँका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:४५

काठमाडौँ, ११ वैशाख : काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयको सौन्दर्यीकरण तथा...

सञ्चालनको तयारीमा नेपालगञ्ज आइसिपी   

सञ्चालनको तयारीमा नेपालगञ्ज आइसिपी   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:४०

राँझा (बाँके), ११ वैशाख : नेपालगञ्ज नाकामा नवनिर्मित एकीकृत भन्सार...