काठमाडौं । मंसिर महिनामा पनि वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर स्थिर राख्ने भएका छन् ।
बैंकर्स संघको मंगलबार बसेको बैठकले मंसिर महिनमा कात्तिककै ब्याजदरलाई निरन्तरता दिने निर्णय गरेको हो।
असोजमा बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर १२.१३३ प्रतिशत तथा बचतको न्युनतम ७.१३३ प्रतिशत र अधिकतम ९.१३३ प्रतिशतसम्म कायम गरेका छन् ।
वि.सं.२०७९ कात्तिक २९ मंगलवार १२:५५ मा प्रकाशित