back
NMB ad

बारा प्रदेशसभा १ (क) मा पाँच पक्षीय प्रतिस्पर्धा, कसलाई कति चुनौती ?

Kumari bank ad

बारा । आगामी ४ मंसिरमा हुने निर्वाचनमा बारा प्रदेशसभा १ (क) मा नेकपा एमालेबाट त्रिलोकीप्रसाद चौधरी, लोकतान्त्रिक बाम गठबन्धनबाट कांग्रेसका रमेश दंगाल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लक्ष्मी शाह कलवार, स्वतन्त्रका शिवनारायण थारु र एकबहादुर क्षेष्ठबिचच पाँच पक्षीय प्रतिस्पर्धा हुने देखिएकाे छ ।

०७४ सालमा एमाले र माओवादी केन्द्रबीच गठबन्धन हुँदा यस क्षेत्रमा एमालेका त्रिलेकीले जितेका थिए । गत निर्वाचनमा एमालेको साथमा रहेको माओवादी केन्द्रले कांग्रेसले साथ दिएको छ भने एमालेलाई जसपाको साथ छ ।

वैशाख ०७९ मा सम्पन्न स्थानीय निर्वाचनमा एमालेले प्राप्त गरेको मतका आधार हेर्दा माओवादीसँगै नरहदा समेत यस प्रदेशसभामा एमाले बलियो देखिएको छ । साथमा जसपा पनि हुँदा एमालेकाे पल्ला भारी भएकाे हाे ।

वैशाख ०७९ मा सम्पन्न स्थानीय निर्वाचनमा एमालेले पाएको मत हेर्ने हो भने एमाले सत्ता गठबन्धनभन्दा करिब एक हजार मतले अगाडी छ । स्थानीय निर्वाचनको मत परिणामलाई तुलना गर्दा बाराको प्रदेशसभा १ (क) मा सत्ता गठबन्धनलाई जितको लागी निकै चुनौती छ ।

एमालेका मधेश प्रदेश सदस्य समेत रहेका एकबहादुर क्षेष्ठले एमाले परित्याग गरी स्वतन्त्र उम्मेदवर बनेका छन् ।

एमालेका शिवनारायण थारुले पनि एमाले परित्याग गरी स्वतन्त्र उम्मेदवर बनेका छन् । उनले आफू यस क्षेत्रको विकासको निम्ती रणनीतिक र योजनाबद्ध रुपमा आएकाे बताएका छन् ।

सत्ता गठबन्धनबाट कांग्रेसका उम्मेदवार रमेश दंगाल पनि आफूले जित्ने पक्का रहेकाे बताइरहेका छन् । लामो समय काठमाडौंमा बसेर व्यापार गर्दै आएका दंगालले कांग्रेसभित्रैका शम्भुबहादुर बुढाथोकी र सुरेशकुमार खनालको दाबी गरिरहेकाे बारा-१ (क) काे प्रदेश सभाको प्रत्यक्षतर्फकाे टिकट उम्काएका थिए । यहाँका मतदातासँग उनकाे खासै चिनजान समेत नरहेकाे आराेप छ । दंगाल कांग्रेससँगै रहेका सत्तारुढ गठबन्धनका माओवादी, एकीकृत समाजवादी र लोसपाका नेता–कार्यकर्ताको भरमा चुनावमा हाेम्मिएको छन् ।

उनले आफुसँग विकासको माष्टर प्लान रहेको बताएका छन् तर माष्टर प्लानमा के के छन् त्यो भने उनले खुलाएका छैनन् । भुगोलबारे प्रष्ट जानकार नहुँदा उनी यस क्षेत्रका समस्याका बारेमा समेत जानकार छैनन् । केही समय अगाडी दंगाल अखाद्य तेल बिक्री वितरण गरेको भन्दै जिल्ला अदालत बाराको आदेशमा एक लाख धराैटी बुझाएर रिहा भएका थिए । दंगालको सञ्चालक रहेको ईशा सप्लायर्सको गोदामबाट भारतीय कम्पनी ‘सदाबहार’ ब्रान्डको म्याद नाघेको रिफाइन सोयबिन तेल बरामद गरेपछि सञ्चालक दंगाललाई नियन्त्रणमा लिएर गोदाम घरमा पनि सिलबन्दी गरेको थियो । खाद्य प्रयोगशालाको रिपोर्टको आधारमा अखाद्य प्रमाणितपछि तेल नष्ट गरिएको थियो ।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लक्ष्मी शाह कलवार अर्का बलिया प्रतिस्पधिका रुपमा देखा परेका छन् । उनले उर्जाशिल समय बाराको विकास गर्न साथ दिन मतदातालाई आग्रह गरेको र मतदाताले समेत उनलाई साथ दिएमा धोका नदिने बताए ।

यस्तै, एमालेका त्रिलोकीप्रसाद चौधरी अर्का बलिया प्रतिस्पर्धी हुन । यसअगि समेत यस बारा-१ (क) मा विजयी भएका चौधरी पुनः जित हात पार्नेमा ढुक्क रहेको बताउँछन् । उनले शिक्षाका समस्याहरूलाई व्यवस्थापन गर्दै गुणस्तरीय शिक्षा बनाउन पूर्वाधार विकासमा प्राथमिकता दिँदै युवाहरू इमान्दर युवा सिपयुक्त र स्वास्थ्य सेवामा प्रतिबद्ध रहने बताए ।

बाराको प्रदेशसभा १ (क) मा मुख्य प्रतिस्पर्धी दलको रुपमा एमाले र सत्ता गठबन्धन दल रहेका छन् तर अन्य दल र स्वतन्त्र उम्मेदवरका कारण यस क्षेत्रमा मा पाँच पक्षीय प्रतिस्पर्धा हुने देखिएको छ ।

यस प्रदेशसभामा चार स्वतन्त्रसहित १० जना चुनावी मैदानमा रहेका छन् ।

वि.सं.२०७९ कात्तिक २९ मंगलवार १३:२१ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...