back
NMB ad

कृषि विश्वविद्यालयमा आजदेखि भर्ना सुरू

Kumari bank ad

सुधा देव, सप्तरी । मधेस कृषि विश्वविद्यालयका रजिस्ट्रार डा.श्रीभगवान ठाकुरले पहिलो शैक्षिक सत्रका लागि विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीका लागि भर्ना सुरु गरेको जानकारी दिएका छन् । कात्तिक २९ गतेदेखि मंसिर २८ गतेसम्म अनलाइन माध्यमबाट विद्यार्थी भर्ना लिन सुरू गरिसकेको ठाकुरको भनाइ रहेको छ ।

मधेस प्रदेश सरकारद्वारा गत वर्ष मंसिर २७ गते सप्तरीको राजविराजमा स्थापना गरिएको विश्वविद्यालयले मंगलबारबाट खोलिएको हो । नयाँ भर्ना गर्ने विद्यार्थीले बी.एस.सी.एजी अर्थात् कृषि विषयका लागि स्नातक तहमा भर्ना भई अध्ययन गर्न पाउनेछन् ।

विज्ञान विषयमा कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थी भर्ना हुन पाउँनेछन् । तीन महिनाअघि कोर्स डिजाइन गरिएअनुसार विश्वविद्यालयले खासगरी महिला,मधेसी,दलित,अपाङ्ग, मुस्लिम लगायतका कोटाहरू छुट्याएर पहिलो वर्ष ५० सिटका लागि भर्ना खोलेकोको उपकुलपति डा.वैजनाथ महतोले जानकारी दिए ।

मधेस कृषि विश्वविद्यालय सञ्चालन अध्यादेश २०७८ अनुसार स्थापित प्रदेश विश्वविद्यालयमा अर्को वर्षदेखि कृषि, भेटनरीको,बागवानी,मत्स्य लगायतको पढाइसँगै कृषिको आधुनिकीकरण,व्यवसायीकरण,औजारीकरणको अध्ययन अध्यापन गराइने डा.महतोको भनाइ रहेको छ ।

विश्वविद्यालयको शैक्षिक गतिविधिले मधेस प्रदेशमै वस्तुको उत्पादकत्व बढाउनुका साथै खाद्य तथा पोषण सुधार हुने विश्वास रहेको छ । कृषकको जीविकोपार्जनमा सुधार तथा रोजगारीमा वृद्धि हुने उद्देश्य विश्वास विद्यालय सञ्चालनमा ल्याएको रजिस्ट्रार ठाकुरको भनाइ रहेको छ । योसँगै विभिन्न समसामयिक विषयमा अनुसन्धान तथा कृषक एवं कृषि प्राविधिकलाई तालिम र प्रविधि प्रसारसमेत गरिने यस विद्यालयले गर्नेछ ।

पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादव,मधेस प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साह, सामाजिक विकासमन्त्री नवलकिशोर साह र मधेश कृषि विश्वविद्यालयका कुलपतिसमेत रहेका मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले संयुक्त रूपमा गत मंसिर २७ गते विश्वविद्यालयको उद्घाटन गरेका थिए ।

वि.सं.२०७९ कात्तिक २९ मंगलवार १३:२८ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...