back
NMB ad

सान्जेन जलविद्युतको आईपीओ बाँडफाँड

Kumari bank ad

काठमाडौं । सान्जेन जलविद्युत कम्पनी लिमिटेडको आयोजना प्रभावित रसुवा जिल्लाका बासिन्दाहरुको खुला गरिएको आईपीओ बाँडफाँड भएको छ।

सान्जेन जलविद्युत कम्पनीको प्रति शेयर १०० रूपैयाँ अङ्कित दरको ३६ लाख ५० हजार कित्ता शेयर आयोजना प्रभावित रसुवाका बासिन्दाहरुको निम्ति २०७९ भदौ ५ देखि असोज ३० गतेसम्म सर्वसाधारणहरुकोलागि निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो । जसमध्ये २८ हजार ६०८ जना आवेदकहरुबाट जम्मा ५६ करोड ७९ लाख ८७० कित्ताको लागि आवेदन परेको हो ।

कसले कति पाए ?

क) अति प्रभावित आमाछोदीङ्गमो गाउँपालिका वडा नं.५ (साविक चिलिमे गा.वि.स) वर्गमा कूल २,१६५ जना रितपूर्वक आवेदन दिने आवेदकहरु मध्ये १० कित्ता देखि ५१० कित्ता माग गर्ने १,३४२ जना आवेदकहरुलाई माग बमोजिम र ५२० कित्ता देखि ७०० कित्ता माग गर्ने ८२३ जना आवेदकहरुलाई ५१० कित्ताका दरले जम्मा ९,४९,२८० कित्ता शेयर बाँडफाँड गरियो ।

ख) प्रभावित आमाछोदीङ्गमो गाउँपालिका वडा नं.४ गोल्जुङ्ग (साविक गोल्जुङ्ग गा.वि.स) वर्गमा कूल १,२६६ जना रितपूर्वक आवेदन दिने आवेदकहरु मध्ये १० कित्ता देखि ३०० कित्ता माग गर्ने ५१८ जना आवेदकहरुलाई माग बमोजिम र ३१० कित्ता देखि ४५० कित्ता सम्म माग गर्ने २३३ जना मध्ये ३२० कित्ता सम्म माग गर्ने १ जना आवेदकलाई माग बमोजिम र सो भन्दा बढी ४५० कित्ता सम्म माग गर्ने २३२ जना आवेदकहरुलाई ३४८ कित्ताका दरले र ४६० कित्ता देखि ७०० कित्ता सम्म माग गर्ने ५१५ जना आवेदकहरुलाई ३६० कित्ताका दरले जम्मा ३,७४,९२६ कित्ता शेयर बाँडफाँड गरियो ।

ग) सामान्य प्रभावित आमाछोदीङ्गमो गाउँपालिकाका अन्य वडाहरु १,२,३ (साविक गल्ताङ्ग गा.वि.स र हाकु गा.वि.स) वर्गमा कुल ३,५८८ जना रितपूर्वक आवेदन दिने आवेदकहरु मध्ये १० कित्ता देखि १५० कित्ता माग गर्ने २,४८३ जना आवेदकहरुलाई माग बमोजिम र १६० कित्ता देखि २०० कित्ता सम्म माग गर्ने ४१३ जना आवेदकहरुलाई १५० कित्ता, १६० कित्ता देखी ३०० कित्ता सम्म माग गर्ने ४१९ जना आवेदकहरुलाई १६५ कित्ता, ३१० कित्ता देखि ४५० कित्ता सम्म आवेदन गर्ने १०० जना आवेदकहरुलाई १७४ कित्ता र सो भन्दा बढी ७०० कित्ता सम्म आवेदन गर्ने १७३ जना आवेदकहरुलाई १८० कित्ताका दरले जम्मा ४,०६,९५५ कित्ता शेयर बाँडफाँड गरियो ।

घ) न्युन प्रभावित बाँकि सम्पूर्ण जिल्लाबासी वर्गमा कुल २१,३३१ जना रितपूर्वक आवेदन दिने आवेदकहरु मध्ये १० कित्ता देखि १०० कित्ता माग गर्ने ११,४८९ जना आवेदकहरुलाई माग बमोजिम र ११० कित्ता देखि २०० कित्ता सम्म माग गर्ने ५,६६६ जना आवेदकहरुलाई १०० कित्ता र २१० कित्ता देखी ३०० कित्ता सम्म माग गर्ने २,२०७ जना आवेदकहरुलाई ११६ कित्ता र सो भन्दा बढी ७०० कित्ता सम्म आवेदन गर्ने १,२३६ जना आवेदकहरुलाई १२० कित्ताका दरले जम्मा १९,१८,७०८ कित्ता शेयर बाँडफाँड गरियो ।

उपरोक्त अनुसार वितरण गरी बाँकी रहेको १३१ कित्ता शेयरका लागि अति प्रभावित वर्गमा ७०० कित्ता आवेदन गरी बाँडफाँडमा परेका ५१३ जना आवेदकहरुलाई गोला प्रथाबाट थप १÷१ का दरले १३१ कित्ता शेयर बाँडफाँड गरि कुल ३६,५०,००० कित्ता शेयर मिति २०७९÷०७÷२९ गतेका दिन नियमन निकायहरुको प्रतिनिधिहरु, निष्काशन कम्पनी तथा निष्काशन तथा बिक्री प्रबन्धकहरुको उपस्थितिमा सान्जेन जलविद्युत कम्पनी लि.का आयोजना प्रभावित (अति प्रभावित, प्रभावित, सामान्य प्रभावित र न्युन प्रभावित) स्थानिय बासिन्दाहरुलाई क्रमश ४.२५ : ३ :१.५ : १ को अनुपातमा बाँडफाँड गरियो ।

वि.सं.२०७९ कात्तिक २९ मंगलवार १७:४९ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...