काठमाडौं । शिखर इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ०.९३ प्रतिशतले बढेर १३ करोड ४८ लाख ९७ हजार रुपैयाँ पुगेको छ । गत वर्षको यसैअवधिमा १३ करोड ३६ लाख ५२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यसअवधिमा बिमा कोषको आकार ८.६० प्रतिशतले बढेर १ अर्ब ४७ करोड ९० लाख ७६ हजार रुपैयाँ पुगेको छ ।
जगेडा कोष पनि १८.५२ प्रतिशतले सुधार हुँदै ७५ करोड ७१ लाख रुपैयाँ पुगेको छ । खुद बिमा शुल्क आर्जन १.५४ प्रतिशतले बढेर ४५ करोड १८ लाख रुपैयाँ पुगेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक २३ रुपैयाँ ६० पैसा र प्रतिसेयर नेटवर्थ २१० रुपैयाँ ५९ पैसा छ ।
वि.सं.२०७९ कात्तिक ३० बुधवार ११:४३ मा प्रकाशित