back
NMB ad

नेपाल टेलिकमको नाफामा गिरावट, इपिएस पनि घट्यो

Kumari bank ad

काठमाडौं । नेपाल टेलिकमले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ ।

प्रकाशित विवरण अनुसार टेलिकमले पहिलो त्रैमासमा २ अर्ब २२ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत वर्षको भन्दा १.५२ प्रतिशतले कम हो । गत वर्ष यसले २ अर्ब २५ करोड ९९ लाख रुपैयाँ नाफा कमाएको थियो ।

गत वर्ष टेलिकमले सेवा व्यापारबाट ९ अर्ब ७७ करोड रुपैयाँ आम्दानी गरेकामा यसपटक घटेर ९ अर्ब ७ करोड रुपैयाँ भएको छ ।

टेलिकमको अन्य श्रोतबाट हुने आम्दानी भने १ अर्ब १७ करोड रुपैयाँबाट घटेर १ अर्ब ९६ करोड रुपैयाँ भएको छ । चुक्ता पुँजी १८ अर्ब रुपैयाँ रहेको टेलिकमको रिजर्भ कोष भने झन् बलियो बन्दै गएको छ ।

समिक्षा अवधिसम्ममा टेलिकमको रिजर्भ कोषमा ७९ अर्ब २९ करोड रुपैयाँ जम्मा छ । गत वर्ष यसको रिजर्भ कोषमा ७७ अर्ब रुपैयाँ रहेको थियो ।

गत वर्ष ५० रुपैयाँ २२ पैसा रहेको यसको प्रतिसेयर आम्दानी अहिले घटेर ४९ रुपैयाँ ४६ पैसामा झरेको छ । यसको प्रतिसेयर नेटवर्थ ५४० रुपैयाँ ५१ पैसा छ ।

वि.सं.२०७९ कात्तिक ३० बुधवार १२:२२ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...