back
mega bank Ad
Hero Ad

अब विश्वकप फुटबल हेर्न अतिरिक्त शुल्क तिर्नुपर्ने

काठमाडौं  । कतारमा हुने फिफा विश्वकप फुटबल हेर्न अतिरिक्त शुल्क तिर्नु पर्ने भएको छ । विश्वकप फुटबल हेर्ने ग्राहकसँग अतिरिक्त शुल्क लिने मिडिया हब प्रालिको निर्णयविरुद्ध परेको रिटमाथि सुनुवाइ गर्दै सर्वाेच्च अदालतले अतिरिक्त शुल्क लिन पाउने बाटो खोलिदिएको छ ।

उक्त रिटमाथि सुनुवाइ गर्दै २२ कात्तिकमा सर्वाेच्च अदालत न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले अतिरिक्त पाँच सय रुपैयाँ शुल्क उठाउने मिडिया हबको निर्णय कार्यान्वयन नगर्न/नगराउन अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

तर, बुधबार यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको संयुक्त इजलासले उक्त अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिन आदेश गरेको छ ।

मिडिया हबको ४ मंसिरबाट कतारमा हुने विश्वकप फुटबल हेर्ने ग्राहकसँग अतिरिक्त पाँच सय शुल्क लिने निर्णयविरुद्ध अधिवक्ताहरु किशोर पौडेल, अनुपम भट्टराईले सर्वाेच्च अदालतमा रिट दायर गरेका थिए ।

वि.सं.२०७९ कात्तिक ३० बुधवार १६:५५ मा प्रकाशित

You can share this post!

सप्तरीमा एक पुरुषको घाँटी रेटेर हत्या

सप्तरीमा एक पुरुषको घाँटी रेटेर हत्या

वि.सं.२०७९ मंसिर १३ मंगलवार १९:०४

सप्तरी । सप्तरीमा घाँटी रेटेर एक जना पुरुषको हत्या भएको...

सुनसरी ३ मा विजय गच्छदारलाई पराजित गर्दै एमालेकी भगवती चौधरी विजयी

सुनसरी ३ मा विजय गच्छदारलाई पराजित गर्दै एमालेकी भगवती चौधरी विजयी

वि.सं.२०७९ मंसिर १३ मंगलवार १८:५४

काठमाडौं । सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी...

काठमाडौंबाट सिमरा उडेको बुद्धको जहाज अवतरण नगरेरै फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्धको जहाज अवतरण नगरेरै फिर्ता

वि.सं.२०७९ मंसिर १३ मंगलवार १८:३४

काठमाडौं । काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण...

कांग्रेसमा प्रधानमन्त्री दाबी गर्ने संख्या बढेपछि अगाडि सरेनन् प्रचण्ड र माधव नेपाल

कांग्रेसमा प्रधानमन्त्री दाबी गर्ने संख्या बढेपछि अगाडि सरेनन् प्रचण्ड र माधव नेपाल

वि.सं.२०७९ मंसिर १३ मंगलवार १६:२९

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ ।...

के भयो आज निफ्राको सेयर ?

के भयो आज निफ्राको सेयर ?

वि.सं.२०७९ मंसिर १३ मंगलवार १५:३८

काठमाडौं । आज नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को  सेयर मूल्य...

नेप्सेमा थप ८ लाख ४० हजार कित्ता बोनस सेयर सूचीकृत

नेप्सेमा थप ८ लाख ४० हजार कित्ता बोनस सेयर सूचीकृत

वि.सं.२०७९ मंसिर १३ मंगलवार १५:२७

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको बोनस...