back

घट्यो सिद्धार्थ इन्स्योरेन्सको नाफा, खुद बिमा शुल्क ३०.१५ प्रतिशतले बढ्दा चुक्ता पुँजी कति ?

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार इन्स्योरेन्सले ५ करोड १२ लाख ७५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । खुद नाफा गत वर्षको तुलनामा ५.६५ प्रतिशतले थोरै हो ।

गत वर्षको सोही अवधिमा यसको नाफा ५ करोड ४३ लाख रुपैयाँ रहेको थियो । यस इन्स्योरेन्सको खुद बिमा शुल्क आर्जन ३०.१५ प्रतिशतले बढेर असोज मसान्तसम्म ३९ करोड ८२ लाख ४३ हजार रुपैयाँ पुगेको छ ।

हाल सिद्धार्थको चुक्ता पुँजी १ अर्ब २८ करोड ८० लाख रुपैयाँ पुगेको छ । यसको रिजर्भ कोष ३३.९६ प्रतिशतले घटेर २४ करोड २७ लाख रुपैयाँमा झरेको छ । बिमा कोषको आकार १८.२३ पतिशतले बढेर १ अर्ब २० करोड रुपैयाँ पुगेको छ ।

सिद्धार्थको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ९२ पैसा र प्रतिसेयर नेटवर्थ २२० रुपैयाँ ५५ पैसा रहेको छ ।

वि.सं.२०७९ मंसिर १ बिहीवार ०९:३६ मा प्रकाशित

You can share this post!

याक एण्ड यतीमा कानुन विपरित विदेशी कामदार, श्रम विभागमा पर्यो उजुरी

याक एण्ड यतीमा कानुन विपरित विदेशी कामदार, श्रम विभागमा पर्यो उजुरी

वि.सं.२०७९ माघ २३ सोमवार २०:१३

काठमाडौं । काठमाडौंको प्रतिष्ठित पाँचतारे होटेल याक एण्ड यतीमा कानुन...

सुपर माई हाइड्रोपावरको आइपीओमा पहिलो दिनमै बढी आवेदन, यस्तो छ अपडेट

सुपर माई हाइड्रोपावरको आइपीओमा पहिलो दिनमै बढी आवेदन, यस्तो छ अपडेट

वि.सं.२०७९ माघ २३ सोमवार १९:३५

काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडको शेयरमा पहिलो दिनमै माग भन्दा...

हिमपातले चीनबाट ल्याइएकाे सामग्री हिल्सामै रोकियाे

हिमपातले चीनबाट ल्याइएकाे सामग्री हिल्सामै रोकियाे

वि.सं.२०७९ माघ २३ सोमवार १७:११

हेमन्त केसी,सुर्खेत । हुम्लाको नारा लेकमा भारी हिमपात भएपछि चीनबाट...

उच्च अदालतको आदेश- पल शाहलाई १५ दिनभित्र उपस्थित गराउनू

उच्च अदालतको आदेश- पल शाहलाई १५ दिनभित्र उपस्थित गराउनू

वि.सं.२०७९ माघ २३ सोमवार १६:५१

काठमाडौं । उच्च अदालत पोखराले अभिनेता पल शाहलाई उपस्थित गराउन...

महँगिदै नेपालीको भान्सा, मूल्यवृद्धि  ७.२६ प्रतिशत पुग्यो

महँगिदै नेपालीको भान्सा, मूल्यवृद्धि ७.२६ प्रतिशत पुग्यो

वि.सं.२०७९ माघ २३ सोमवार १६:४६

काठमाडौं । चालु आर्थिक वर्षको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.२६...

रेमिट्यान्स २४.३ प्रतिशतले बढ्यो, ६ महिनामा ५ खर्ब ८५ अर्ब रेमिट्यान्स भित्रियो

रेमिट्यान्स २४.३ प्रतिशतले बढ्यो, ६ महिनामा ५ खर्ब ८५ अर्ब रेमिट्यान्स भित्रियो

वि.सं.२०७९ माघ २३ सोमवार १६:३१

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा विप्रेषण (रेमिट्यान्स) आप्रवाह...