back

गृहमन्त्री खाणविरुद्ध रुपन्देही निर्वाचन अधिकृतको कार्यालय उजुरी

भैरहवा । गृहमन्त्री बालकृष्ण खाणविरुद्ध रुपन्देहीको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । रुपन्देही-३ प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका खाणविरुद्ध अधिवक्ता तारा बरालले बहुविवाहमा संलग्न रहेको भन्दै उजुरी दर्ता गराएकी हुन् । उम्मेदवारीविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालय, रुपन्देही प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर ३ मा उजुरी परेको हो । खाण पाँच दलीय गठबन्धनबाट उम्मेदवार छन् ।

यसअघि निर्वाचन आयोगमा दर्ता गर्न खाेज्दा सम्बन्धित क्षेत्रमा उजुरी दर्ता गर्न भनेपछि रुपन्देहीमा आएर दर्ता गरेकाे अधिवक्ता बरालले बताइन् । उनले भनिन्, ‘खाण बहुविवाहमा संलग्न रहेकाे प्रमाण पाइएकाले उजुरी दर्ता गरेको हो,  उनले गृहमन्त्री चलाउँदै गर्दा बहुविवाह गर्ने हजारौं जेलमा सडाउने काम गर्नुभएको छ, देशकै गृहमन्त्रीले रुपन्देहीमा दिलमाया खाण, काठमाडौंमा मञ्जु खाण नाम दर्ता भएकाले उक्त कुराको पुष्टि हुन्छ ।’

खाणले रुपन्देही–३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी मनोनयनका क्रममा रुपन्देही–३ को मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पेस गरेको विवरणमा दिलमाया खाँण श्रीमती भएको उल्लेख गरेका छन् भने त्यसबाहेक अरु निकायमा पेस गरेका कागजातमा भने उनले श्रीमतीका रुपमा मञ्जु खाणको नाम लेखेका बरालको दाबी छ ।

वि.सं.२०७९ मंसिर १ बिहीवार १४:५३ मा प्रकाशित

You can share this post!

याक एण्ड यतीमा कानुन विपरित विदेशी कामदार, श्रम विभागमा पर्यो उजुरी

याक एण्ड यतीमा कानुन विपरित विदेशी कामदार, श्रम विभागमा पर्यो उजुरी

वि.सं.२०७९ माघ २३ सोमवार २०:१३

काठमाडौं । काठमाडौंको प्रतिष्ठित पाँचतारे होटेल याक एण्ड यतीमा कानुन...

सुपर माई हाइड्रोपावरको आइपीओमा पहिलो दिनमै बढी आवेदन, यस्तो छ अपडेट

सुपर माई हाइड्रोपावरको आइपीओमा पहिलो दिनमै बढी आवेदन, यस्तो छ अपडेट

वि.सं.२०७९ माघ २३ सोमवार १९:३५

काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडको शेयरमा पहिलो दिनमै माग भन्दा...

हिमपातले चीनबाट ल्याइएकाे सामग्री हिल्सामै रोकियाे

हिमपातले चीनबाट ल्याइएकाे सामग्री हिल्सामै रोकियाे

वि.सं.२०७९ माघ २३ सोमवार १७:११

हेमन्त केसी,सुर्खेत । हुम्लाको नारा लेकमा भारी हिमपात भएपछि चीनबाट...

उच्च अदालतको आदेश- पल शाहलाई १५ दिनभित्र उपस्थित गराउनू

उच्च अदालतको आदेश- पल शाहलाई १५ दिनभित्र उपस्थित गराउनू

वि.सं.२०७९ माघ २३ सोमवार १६:५१

काठमाडौं । उच्च अदालत पोखराले अभिनेता पल शाहलाई उपस्थित गराउन...

महँगिदै नेपालीको भान्सा, मूल्यवृद्धि  ७.२६ प्रतिशत पुग्यो

महँगिदै नेपालीको भान्सा, मूल्यवृद्धि ७.२६ प्रतिशत पुग्यो

वि.सं.२०७९ माघ २३ सोमवार १६:४६

काठमाडौं । चालु आर्थिक वर्षको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.२६...

रेमिट्यान्स २४.३ प्रतिशतले बढ्यो, ६ महिनामा ५ खर्ब ८५ अर्ब रेमिट्यान्स भित्रियो

रेमिट्यान्स २४.३ प्रतिशतले बढ्यो, ६ महिनामा ५ खर्ब ८५ अर्ब रेमिट्यान्स भित्रियो

वि.सं.२०७९ माघ २३ सोमवार १६:३१

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा विप्रेषण (रेमिट्यान्स) आप्रवाह...