back
NMB ad

उपल्लो डोल्पाका १२ मतदान केन्द्रमा हेलिकोप्टरमार्फत निर्वाचन सामग्रीसहित कर्मचारी ओसारिँदै

Kumari bank ad

हेमन्त केसी, सुर्खेत ।  मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुन अब दुईदिन मात्र बाँकी छ ।  चुनाव हुन दुईदिन बाँकी रहँदा उपल्लो डोल्पाका विभिन्न मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित कर्मचारी हेलिकोप्टरमार्फत बिहानैदेखि ओसार्न थालिएको छ । जिल्लाका ६८ वटा मतदान केन्द्र मध्य उपल्लो डोल्पाका विभिन्न १२ वटा मतदान केन्द्रमा हिमपात, चिसो लगायत भौगोलिक समस्याका कारण मतदान टोली हिँडेर जान सम्भव नभएकाले हेलिकोप्टरबाट पठाउन थालिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय डोल्पाले जनाएको छ ।

४८ घण्टाभन्दा अगाडि मतदानका लागि कर्मचारी, मतपत्र लगायत निर्वाचनका बन्दोबस्तीका सामग्री मतदान केन्द्रमा पुगिसक्नु पर्नेमा हेलिकोप्टर समयमा नआएकाले ढुवानी गर्न ढिला भएको जनाइएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय डोल्पाले समयमा हेलिकप्टरकाे व्यवस्थाका लागि निर्वाचन आयोगमा आग्रह गरेको भए पनि प्राविधिक कारणले केही ढिला भएको जनाएकाे छ ।

सदरमुकाम दुनैदेखि पैदलमार्ग मार्फत एक सातासम्म लाग्ने उपल्लो डोल्पाका शे-फोक्सुण्डो गाउँपालिकाको आटवटा मतदान केन्द्र, डोल्पोबुद्ध गाउँपालिकाको तीनवटा मतदान केन्द्र र छार्काताङसोङ गाउँपालिकाको एकवटा मतदान केन्द्र गरी जम्मा  १२ वटा मतदान केन्द्रमा निर्वाचनका लागि मतदान टोली र निर्वाचन सामग्री नेपाली सेनाको दुईवटा ठूला हेलिकोप्टरबाट पठाउन थालिएको मुख्य निर्वाचन अधिकृत बाबुराम सुवेदीले जानकारी दिए ।

उनका अनुसार मतदान सकिएपछि पनि मतपेटिका, मतदानमा खटिएका कर्मचारी टोली र सुरक्षाकर्मीसमेत हेलिकप्टरबाटै सदरमुकाम दुनै ल्याइने व्यवस्था मिलाउन निर्वाचन आयोगसँग आग्रह गरिएको छ । भौगोलिक विकटता र भारी हिमपातका कारण निर्वाचनको पूर्व तयारी गर्न समस्या  देखिएपछि हेलिकप्टरको प्रयोग गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय डोल्पाले जनाएको छ ।

उपल्लो क्षेत्रमा पर्ने २२ ओटा मतदान केन्द्रको लागि हेलिकप्टरको माग गरिए पनि निर्वाचन आयोगले संवेदनशीलताको हिसाबमा १२ मतदान केन्द्रको लागि मात्र हेलिकप्टरको व्यवस्थापन गरेको मुख्य निर्वाचन अधिकृत सुवेदीले बताए ।

बिहीबार शे-फोक्सुण्डोको वडा नं ३ साल्दाङ मतदान केन्द्रमा र छार्काको एउटा मतदान केन्द्रमा दुई फ्लाइट हेलिकप्टरबाट निर्वाचन सामग्री र मतदानका लागि आवश्यक कर्मचारी पठाईएको थियो भने शुक्रबार बिहानैदेखि दुईवटा हेलिकोप्टरबाट निर्वाचन सामग्री र मतदानका लागि निर्वाचन टोली पठाउन सुरु गरिएको र सकेसम्म शुक्रबार नै बाँकी १० वटै मतदान केन्द्रमा आवश्यक सामग्री र मतदान टोली पठाइसक्ने जिल्ला निर्वाचन कार्यालय डोल्पाले जनाएको छ ।

डोल्पाका ८ स्थानीय तहमा ६६ वटा मतदान केन्द्र र २ वटा अस्थायी मतदान केन्द्रहरु रहेका छन् । जसमध्ये हावापानी चिसो भएर केही समयअघि वर्षापछि भएकाे हिमपातले १२ मतदान केन्द्रमा पुग्न कठिन भएकाले हेलिकोप्टर प्रयोग गर्नुपरेको जिल्ला निर्वाचन कार्यालय डोल्पाले जानकारी दिएको छ ।

वि.सं.२०७९ मंसिर २ शुक्रवार १२:३९ मा प्रकाशित

You can share this post!

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:३९

काठमाडौँ, १३ वैशाख: काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी...