back
NMB ad

हालसम्म एघार बैंकले गरे लाभांश घोषणा, कुनको नगद र बोनस कति ?

Kumari bank ad

काठमाडौं । गत आर्थिक वर्ष २०७८/८९ को मुनाफाबाट हालसम्म एघार वटा बैंकहरुले लाभांश घोषणा गरेका छन् ।

बैंक अफ काठमाण्डू

बैंक अफ काठमाण्डूको असोज ३० गते बसेको संचालक समितिको बैठकले आव २०७८/७९ को मुनाफाबाट चुक्तापुँजीको १४.९५ प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनस शेयर गरी कुल २०।९५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुमा वितरण हुनेछ ।

कुमारी बैंक

कुमारी बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत वर्षको नाफाबाट १२.५० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो ।

सिटिजन्स बैंक

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सेयरधनीहरुलाई ९ प्रतिशत नगद लाभांश दिने भएको छ ।बैंकले आर्थिक वर्ष २०७८/७९को वितरण योग्य मुनाफाबाट २०७९ असार मसान्तको चुक्ता पुँजी १४ अर्ब २० करोड ९ लाख ७४ हजार ६ रुपैयाँको ९ प्रतिशतले हुने १ अर्ब २७ करोड ८० लाख ८७ हजार ६६१ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको लाभांश  सम्पन्न साधारण सभाबाट पारित भएको छ ।

एनसीसी बैंक
नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडको असोज २९ गते बसेको संचालक समितिको बैठकले आव २०७८/७९ को मुनाफाबाट हाल चुक्तापुँजी ११ अर्ब १३ करोड रुपैयाँबाट ३.३६६३ प्रतिशत बोनस सेयर र ७.६३३७ प्रीतशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रभु बैंक

प्रभु बैंक लिमिटेडले मंसिर १ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरण योग्य मुनाफाबाट शेयरधनीहरुलाई लाभांश घोषणा गरेको हो ।

हाल कायम चुक्ता पूँजीको ६.५० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित १.५० प्रतिशत नगद लाभांश गरी कुल ८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

नेपाल इन्भेष्टमेन्ट बैंक

नेपाल इन्भेष्टमेन्ट बैंकले गत वर्षको नाफाबाट ४ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद लाभांश गरी ११ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

बैंकले ७३ करोड २३ लाख १ हजार ६५३ रुपैयाँ बराबरको बोनस सेयर बाँड्नेछ । यस्तै, १ अर्ब २८ करोड १५ लाख २७ हजार ८९३ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।

मेगा बैंक

मेगा बैंकको कत्तिक २९ गते बसेको संचालक समितीको बैंठकले ७.८३ प्रतिशत लाभांश वितरण गर्न लागेको छ ।

जसमा ४ प्रतिशत बोनस सेयर र ३.८३५ नगद लाभांश रहेको छ । उक्त लाभांश नियामक केन्द्रीय बैंकको स्वीकृति र साधारण सभाबाट अनुमोदन भएपछि सेयरधनीले पाउनेछन् ।

गरिमा विकास बैंक

गरिमा विकास बैंक को कार्तिक २४ गते बसेको संचालक समितिको बैठकले १३ प्रतिशत बोनस सेयर र कर तिर्न १.५० प्रतशित नगद लाभांश दिने निर्णय गरेको हो ।

यसर्थ, बैंकले ५९ करोड ६८ लाख १३ हजार ५५५ रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । यस्तै, ६ करोड ८८ लाख ६३ हजार १०२ रुपैयाँ नगद लाभांशमा खर्च गर्नेछ ।

सानिमा बैंक

सानिमा बैंकको कार्तिक ४ गते बसेको बैठकले आर्थिक वर्ष २०७८/ ७९ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पुँजी ११ अर्ब ३२ करोड ७३ लाख रुपैयाँको १० प्रतिशतले हुन आउने १ अर्ब १३ करोड २७ लाख रुपैयाँ बराबरको बोनस शेयर र ०.९८ प्रतिशत अर्थात ११ करोड १० लाख रुपैयाँ नगद लाभांश (कर सहित) प्रस्ताव गरेको हो ।

स्ट्यान्डर्ड चार्टर्ड बैंक

स्ट्यान्डर्ड चार्टर्ड बैंकले आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । बैंकको संचालक समितिको बैठकले हाल कायम रहेको चुक्तापूँजीको १६.५१ प्रतिशत (कर बाहेक) लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

ग्लोबल आइएमई बैंक

ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०७८/७९ मा आफ्ना शेयरधनीलाई १३.६ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।

बैंक संचालक समितिको आइतबार बसेको बैठकले नेपाल राष्ट्र बैंक तथा बैंकको आगामी वार्षिक साधारणसभाबाट स्वीकृति पश्चात वितरण गर्ने गरी आर्थिक वर्ष २०७८/७९ को वितरण योग्य मुनाफाबाट आफ्ना शेयरधनीलाई १३.६ प्रतिशत लाभांश (बोनश शेयर ३ प्रतिशत र नगद लाभांश १०.६ प्रतिशत) नियमानूसार लाग्ने करसहित वितरण गर्ने प्रस्ताव गरेको छ ।

वि.सं.२०७९ मंसिर ३ शनिवार ११:२९ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...