काठमाडौं । रिडी पावर कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले ४२.१० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।
कम्पनीले ४० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २.१० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
यो प्रस्ताव विद्युत नियमन आयोगले स्वीकृत गरेपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
वि.सं.२०७९ मंसिर ६ मंगलवार १६:४० मा प्रकाशित