काठमाडौं । बोटलर्स नेपालका दुवै कम्पनीले साधारण सभा प्रयोजनका लागि बुक क्लोज मिति तय गरेका छन् ।
बोटलर्स नेपाल (तराई) र बोटलर्स नेपाल (बालाजु) को मंसिर २ गते शुक्रबार बसेको सञ्चालक समिति बैठकले दुवै कम्पनीको बुक क्लोज आगामी पुस २० गते गर्ने निर्णय गरेको हो ।
गत आर्थिक वर्षको नाफाबाट बोटलर्स नेपाल तराईले ६० प्रतिशत र बालाजुले २० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरिसकेका छन् ।
यी दुवै कम्पनीको लाभांश पाउन र वार्षिक साधारण सभामा भाग लिन पुस १९ गतेसम्म सेयरधनी बन्नुपर्नेछ ।
वि.सं.२०७९ मंसिर ६ मंगलवार १६:५६ मा प्रकाशित