back
mega bank Ad
Hero Ad

साउदीसँग अर्जेन्टिना पराजित

काठमाडौं  । कतारमा जारी फिफा विश्वकप फुटबलको पहिलो खेलमै अर्जेन्टिनाले साउदीसँग हार व्यहोरेको छ ।

मंगलबार भएको खेलमा साउदी अरेबियासँग २-१ गोलअन्तरले पराजित हुँदै अर्जेन्टिनाले हार व्यहोरेको हो ।

लुसाइल स्टेडियममा साउदी अरेबियाले अर्जेन्टिनाविरुद्ध पुनरागमन गर्दै जित निकालेको हो । प्रतिस्पर्धात्मक खेलमा सुरुआती अग्रता अर्जेन्टिनाले बनाएको थियो । कप्तान लियोनल मेस्सीले १०औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए ।

साउदीका साउद अब्दुलहामिदले अर्जेन्टिनाका लिन्ड्रो पारेडेसलाई पेनाल्टी क्षेत्रभित्र फउल गरेपछि भीएआरको सहायताले रेफ्रीले अर्जेन्टिनालाई पेनाल्टी दिएको हो ।

खेलको २८औं मिनेटमा लाउटरो मार्टिनेजले गोल गरेपनि मान्यता पाएन । भीएआरमा उनी अफसाइड देखिएका थिए । तर, दोस्रो हाफमा साउदीले उत्कृष्ट पुनरागमन गर्‍यो ।

खेलको ४९ औं मिनेटमा सलेह अल शेहरीले गोल गर्दै साउदीलाई १-१ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको ५३ औं मिनेटमा सलिम अल्दावसरीले उत्कृष्ट गोल गर्दै साउदीलाई २-१ को जित दिलाए ।

वि.सं.२०७९ मंसिर ६ मंगलवार १८:११ मा प्रकाशित

You can share this post!

राखेपका पूर्व सदस्य सचिव सिंहको निधन

राखेपका पूर्व सदस्य सचिव सिंहको निधन

वि.सं.२०७९ मंसिर १५ बिहीवार १७:१६

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य सचिव...

अध्ययन भन्छ, मंगल ग्रहमा कुनै बेला सागर थियो

अध्ययन भन्छ, मंगल ग्रहमा कुनै बेला सागर थियो

वि.सं.२०७९ मंसिर १५ बिहीवार १३:२८

एजेन्सी, न्युयोर्क । सौर्यमण्डलको रातो ग्रह मंगलमा कुनै बेला सागर...

चीनका पूर्वराष्ट्रपति जियाङ जेमिनको निधन

चीनका पूर्वराष्ट्रपति जियाङ जेमिनको निधन

वि.सं.२०७९ मंसिर १४ बुधवार १४:५३

बेइजिङ ।  चीनका पूर्वराष्ट्रपति जियाङ जेमिनको निधन भएको छ ।...

नेपालमा पहिलोपटक दक्षिण एसियाली टेबल टेनिस च्याम्पियनसिप

नेपालमा पहिलोपटक दक्षिण एसियाली टेबल टेनिस च्याम्पियनसिप

वि.सं.२०७९ मंसिर १३ मंगलवार १४:३८

काठमाडौं । नेपालमा पहिलोपटक दक्षिण एसियाली टेबल टेनिस च्याम्पियनसिप २०२२ आयोजना...

कुकरले बन्दुकमा किच्दा मालिकको मृत्यु

कुकरले बन्दुकमा किच्दा मालिकको मृत्यु

वि.सं.२०७९ मंसिर १३ मंगलवार १३:१६

एजेन्सी,अंकारा ।  टर्कीमा एक ३२ वर्षीय व्यक्तिकाे आफ्नै कुकुरले अन्जानमा...

मध्यरातमा मेसेज गरेर २७ सय कर्मचारी बर्खास्त

मध्यरातमा मेसेज गरेर २७ सय कर्मचारी बर्खास्त

वि.सं.२०७९ मंसिर १२ सोमवार १४:३२

एजेन्सी,न्युयोर्क । मिसिसिपीमा रहेको एउटा फर्निचर कम्पनीले नोभेम्बर २१ मा...