back
NMB ad

आज थप तीन कम्पनीले गरे लाभांश घोषणा, कुनको कति ?

Kumari bank ad

काठमाडौं ।  मंगलबार थप तीन कम्पनीहरुले लाभांश घोषणा गरेका छन् । उक्त दिन आइएमई जनरल इन्स्योरेन्स, लुम्बिनी विकास बैंक र रिडी पावर कम्पनीले लाभांश घोषणा गरेका हुन् ।

आइएमई जनरल इन्स्योरेन्स

आइएमई जनरल इन्स्योरेन्सको मंसिर ५ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई ६.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित बोनस सेयर तथा नगद लाभांश नियामक नेपाल बिमा प्राधिकरण र आइएमईको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि वितरण हुनेछ ।

लुम्बिनी विकास बैंक

लुम्बिनी विकास बैंकले गत आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।

बैंकको मंसिर २ गते बसेको संचालक समितिको बैठकले हाल कायम रहेको चुक्तापूँजीबाट ९ प्रतिशत नगद लाभांश र ३ प्रतिशत बोनस शेयर गरी कुल १२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्रदान भई आगामी वार्षिक साधारण सभाबाट पारित भए पश्चात मात्र शेयरधनीहरुलाई वितरण गरिनेछ ।

 रिडी पावर कम्पनी

रिडी पावर कम्पनीको मंसिर ६ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले ४२.१० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

कम्पनीले ४० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २.१० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव विद्युत नियमन आयोगले स्वीकृत गरेपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

वि.सं.२०७९ मंसिर ६ मंगलवार २०:५४ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...