काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम आज अर्थात मंसिर ७ गते अन्तिम दिन रहेको छ ।
कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ सम्मको सञ्चित मुनाफाबाट आफ्ना सेयरधनीलाई १५.७८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
कम्पनीले १५ प्रतिशत बोनस सेयर र कर प्रयाजनका लागि ०.७८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि मंसिर ८ गते बिहीबार बुक क्लोज गर्ने भएको छ । जसका आधारमा मंसिर ७ गते बुधवार सम्म कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । लाभांश पारितका लागि कम्पनीले मंसिर १८ गते साधारण सभा बोलाएको छ ।
वि.सं.२०७९ मंसिर ७ बुधवार ०८:२१ मा प्रकाशित