
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले रिडी पावर कम्पनीको सेयर कारोबार रोक्का गरेको छ ।
कम्पनीले दोस्रो बजारमा सेयर कारोबार भइरहेको समयमा सञ्चालक समितिको बैठक बसी मूल्य संवेदनशील निर्णय गरेको भन्दै नेप्सेले बुधबारदेखि सेयर कारोबार रोक्का गरेको हो ।
सेयर कारोबार रोक्का गर्दै नेप्सेले ३ दिनभित्रमा स्पष्टीकरण पेश गर्नसमेत कम्पनीलाई निर्देशन दिएको छ ।
रिडीले मंगलबार सेयर बजार खुला भएपछि सञ्चालक समितिको बैठक बसेर ४० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २.१० प्रतिशत नगद लाभांश पनि दिने निर्णय गरेको थियो ।
वि.सं.२०७९ मंसिर ७ बुधवार १२:०४ मा प्रकाशित