काठमाडौं । साताको चौथो कारोबार दिन सबैभन्दा बढी नेपाल बैंकको कारोबार भएको छ । आज बैंकको १२ करोड ७७ लाख ४० हजार रुपैयाँको कारोबार भएको छ ।
कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको हिमालयन डिस्टीलरीको ११ करोड ९ लाख ९२ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै उक्त दिन सिभिल बैंकको ६ करोड ८२ लाख १८ हजार रुपैयाँ, शिभम् सिमेन्टको ६ करोड ६ लाख ४१ हजार रुपैयाँ र नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड ४५ लाख ७४ हजार रुपैयाँको कारोबार भएको हो ।
वि.सं.२०७९ मंसिर ७ बुधवार १५:१५ मा प्रकाशित