काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको मूल्य समायोजन गरेको छ ।
कम्पनीको १५ प्रतिशत बोनस सेयरपछि प्रतिइकाई ५२१ रूपैयाँ ५७ पैसा हुने गरी मूल्य समायोजन गरेको हो ।
नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ५९९ रूपैयाँ ८० पैसाका आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यको आधारमा नै भोलि सेयरबजारमा कारोबार खुल्नेछ ।
वि.सं.२०७९ मंसिर ७ बुधवार १६:०४ मा प्रकाशित