
काठमाडौं । पिपुल्स हाइड्रोपावरको आईपीओ आज दिउँसो बाँडफाँड भएको छ । कम्पनीको बिक्रि प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा एक कार्यक्रमका बीच आईपीओ बाँडफाँड गरिएको हो ।
सर्वसाधारणका लागि छुट्याइएको उक्त आईपीओ ५ लाख १५ हजार ७ सय ८८ जनाले १०/१० कित्ताका दरले पाएका छन् ।
कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार न्युनतम १० कित्ताको दरले शेयर वितरण भएको हो । त्यस अनुसार शेयर वितरण गर्दा कुल आवेदक मध्ये ४०.६६ प्रतिशत अर्थात ५ लाख १५ हजार ७८० जना आवेदकले मात्रै शेयर पाएका छन् ।
कम्पनीको आइपीओ चारवटा साइटबाट हेर्न सकिनेछ । कम्पनीको आधिकारीक वेबसाइट, बिक्री प्रबन्धकको वेबसाइट, सीडीएससको मेरो शेयरको वेबसाइट सीडीएसले आइपीओ नतिजा हेर्न संचालन गरेको नयाँ वेबसाइटमार्फत रिजल्ट हेर्न सकिनेछ ।
यसरी हेर्नुस रिजल्ट
बिक्री प्रबन्धकको वेबसाइट : https://www.sanima.capital/
कम्पनीको वेबसाइट : https://peopleshydro.com.np/
मेरो शेयरको वेबसाइट : https://meroshare.cdsc.com.np/#/login
सीडीएसको वेबसाइट : https://iporesult.cdsc.com.np/
वि.सं.२०७९ मंसिर ७ बुधवार १६:२१ मा प्रकाशित