back

केपी ओलीलाई कमल थापाले भने– तपाईंको विश्वास जोगाउन नसकेकोमा दुःखी छु

Kumari bank ad

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले झापा ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित एमाले अध्यक्ष केपी शर्मा ओलीलाई शुभकामना दिएका छन् ।

बिहीबार दिउँसो सामाजिक सञ्जालमार्फत अध्यक्ष थापाले ओलीलाई शुभकामना दिएका हुन् । झापा ५ मा कांग्रेसका खगेन्द्र अधिकारीलाई पराजित गर्दै ओलीले ५२ हजार ३१९ मत ल्याएका छन् । अधिकारीले २३ हजार ७४३ मत प्राप्त गरे ।

एमाले अध्यक्ष ओलीलाई शुभकामना दिएका अध्यक्ष थापाले आफूले विश्वास जोगाउन नसकेकोमा भने दुःख मानेका छन् । एमालेको समर्थनमा एमालेकै चुनाव चिह्न सूर्य लिएर मकवानपुर क्षेत्र १ बाट प्रतिस्पर्धामा रहेका थापाले ओलीको विश्वास जोगाउन नसकेको दुःखी रहेको बताएका हुन् ।

मकवानपुर १ मा राप्रपाका दीपकबहादुर सिंहको अग्रता छ भने कांग्रेसकी महालक्ष्मी उपाध्याय (डिना)ले सिंहलाई पछ्याइरहँदा थापा तेस्रो स्थानमा देखिएका छन् ।

आफू पराजित हुने भएपछि थापाले एमाले अध्यक्ष ओलीसँग विश्वास जोगाउन नसकेकोमा दुःखी भएको बताएका हुन् ।

फेसबुकमा ओलीलाई मेन्सन गर्दै थापाले लेखेका छन्, ‘मलाई विश्वास गर्नुभएकोमा केपी शर्मा ओलीलार्ई धन्यवाद  । तर, तपाईंको विश्वास जोगाउन नसकेकोमा दुःखी छु। तपाईंलाई मेरो शुभकामना ।’

वि.सं.२०७९ मंसिर ८ बिहीवार १३:२० मा प्रकाशित

You can share this post!

आइपीओमा १० कित्ते नीति खारेज हुन सक्ने, बोर्डले बनायो अध्ययन समिति

आइपीओमा १० कित्ते नीति खारेज हुन सक्ने, बोर्डले बनायो अध्ययन समिति

वि.सं.२०८० मंसिर २५ सोमवार १५:२२

काठमाडौं । नेपाल  धितोपत्र बोर्डले आईपीओमा न्यूनतम १० कित्ता नीति...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८० मंसिर २५ सोमवार १५:१६

काठमाडौं । अघिल्लो दिनमात्रै तेस्रो ‘सर्किट ब्रेक’ भएर दिनभरीको कारोबार...

तीन कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

तीन कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८० मंसिर २५ सोमवार १५:११

काठमाडौं । अघिल्लो दिनमात्रै तेस्रो ‘सर्किट ब्रेक’ भएर दिनभरीको कारोबार...

एक दिनपनि टिकेन शेयरबजारको उत्साह, दोहोरो अंकले घट्दा कारोबार रकममा उछाल

एक दिनपनि टिकेन शेयरबजारको उत्साह, दोहोरो अंकले घट्दा कारोबार रकममा उछाल

वि.सं.२०८० मंसिर २५ सोमवार १५:०५

काठमाडौं । अघिल्लो दिनमात्रै तेस्रो ‘सर्किट ब्रेक’ भएर दिनभरीको कारोबार...

सूचीकृत कम्पनीलाई लकइन अवधिको जानकारी ३० दिन अगावै दिनु पर्ने, बोर्डले जारी गर्यो यस्तो निर्देशन

सूचीकृत कम्पनीलाई लकइन अवधिको जानकारी ३० दिन अगावै दिनु पर्ने, बोर्डले जारी गर्यो यस्तो निर्देशन

वि.सं.२०८० मंसिर २५ सोमवार १४:३७

काठमाडौं। नेपाल धितोपत्र बोर्डले सेयरको लक इन पिरियड समयमा नै...

हिमपातका कारण विद्यालयमा अनलाइन पढाइ   

हिमपातका कारण विद्यालयमा अनलाइन पढाइ   

वि.सं.२०८० मंसिर २५ सोमवार १४:३१

जिनान, २५ मङ्सिर : सोमबार बिहानैदेखि शुरु भएको हिमपातका कारण...