back
NMB ad

एप्पल आपूर्तिकर्ता फक्सकनले किन माग्यो माफी ?

Kumari bank ad

एजेन्सी,बेइजिङ । एप्पल आपूर्तिकर्ता फक्सकनले आफ्नो भुक्तान प्रणालीमा ‘प्राविधिक त्रुटि’ को लागि माफी मागेको छ । चीनमा आईफोन कारखानामा विरोध प्रदर्शन चर्किरहेका बेला फक्सनले माफी मागेको हो । सयौं कामदारहरू केही दिनदेखि कोभिड प्रतिबन्धहरू र बाँकी तलब भुक्तानीको दाबी गर्दै झेंग्झाउ शहरमा रहेको विश्वको सबैभन्दा ठूलो आईफोन कारखानामा मार्च गरिरहेका छन् ।

प्रहरीले कर्मचारीहरूलाई कुटपिट गरेको प्रदर्शनको भिडियाे प्रत्यक्ष प्रसारण गर्नेहरूले बताएका छन् । गत महिना बढ्दो काेभिड संक्रमणबीच कारखाना बन्द भएको थियो । केही कामदारहरू कम्पनीबाट बिदा भएका थिए । त्यसपछि कम्पनीले उदार बोनसको वाचाका साथ नयाँ कामदारहरू भर्ना गरेको थियो ।

राष्ट्रिय स्वास्थ्य व्युरोका अनुसार बुधबार एकै दिनमा चीनमा ३१ हजार ४४५ जनामा संक्रमण देखिएको छ । बेइजिङको कठोर शून्य–कोभिड नीतिअन्तर्गत प्रकोप फैलिने वित्तिकै सम्पूर्ण शहरहरू बन्द गर्ने र संक्रमित बिरामीलाई क्वारेन्टाइनमा राखिन्छ जसका कारण सर्वसाधारण ठूलो सास्ती भोग्न बाध्य छन् । यस नीतिको सर्वसाधारणले विरोध गर्दै आएका छन् ।

वि.सं.२०७९ मंसिर ८ बिहीवार १३:५४ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...