काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बैंक अफ काठमाण्डूको मूल्य समायोजन गरेको छ ।
बैंकको ६ प्रतिशत बोनस सेयरपछि प्रतिइकाई २१४ रूपैयाँ २५ पैसा हुने गरी मूल्य समायोजन गरेको हो ।
नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य २२७ रूपैयाँ १० पैसाका आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यको आधारमा नै आईतबार सेयरबजारमा कारोबार खुल्नेछ ।
वि.सं.२०७९ मंसिर ८ बिहीवार १५:३८ मा प्रकाशित