back
NMB ad

निर्वाचनका लागि भर्ती गरिएका बागलुङका म्यादी प्रहरीलाई विदाई

Kumari bank ad

बागलुङ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि छनौट गरिएका बागलुङका म्यादी प्रहरीको जिम्मेवारी सकिए पश्चात उनीहरु घर फर्किएका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङले उनीहरुलाई बिहिबार एक कार्यक्रमका बिच विदाई गरेको हो ।

संघिय तथा प्रदेश निर्वाचनका लागि जिल्ला सुरक्षा समिति बागलुङले असोज २८ गते बागलुङमा ८८६ जना पुरुष र २ सय ५१ जना महिला गरी १ हजार १ सय ३७ जना म्यादी प्रहरी भर्र्ति गरेको थियो ।

बागलुङमा म्यादी प्रहरी अपुग भएपछि म्याग्दीबाट ३३ जना र पर्वतबाट ३० जना ल्याइएको थियो ।
विदाई कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी रमेश ढकालले जिल्लामा म्यादी प्रहरीको कारण सुरक्षा व्यवस्थापनमा समस्या सिर्जना तथा विवाद र गुनासो नभएकोे कुरा सकारात्मक रहेको बताउनुभयो । उहाँले निर्वाचनको सुरक्षा व्यवस्थापनमा म्यादी प्रहरीले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।

जिल्ला प्रहरी बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवालीले ४० दिन राष्ट्रको सेवा गरे पनि त्यो सदैव राष्ट्रको सेवा नै भएको बताउँदै अब म्यादी प्रहरी नभइ प्रहरीको भूपु सदस्य रहेको अनुभूति गर्नुपर्ने बताउनुभयो । उहाँले म्यादी प्रहरीले चालिस दिन कार्य अवधिमा सिकेको ज्ञान, सिप अब समुदायको शान्ती, सुरक्षा कायम गर्नमा उपयोग गर्न आव्हान गर्नुभयो ।

म्यादी प्रहरीलाई प्रमुख जिल्ला अधिकारी रमेश ढकाल र प्रहरी उपरीक्षक दयानिधी ज्ञवालीले प्रशंसापत्र वितरण गरि विदाई गर्नुभएको थियो ।

कार्यक्रममा बोल्ने बक्ताहरुले गाउँ घरमा हुने महिला हिंसा दुव्र्यवहार, चोरी लगायतका घटनाहरु अन्त्य गर्नको लागि प्रहरीको सहयोगीको भूमिका निर्वाह गर्न म्यादी प्रहरीलाई अनुरोध गर्नुभएको थियो । विदाई कार्यक्रमको सञ्चालन प्रहरी निरीक्षक भुपेन गिरीले गर्नुभएको थियो ।

वि.सं.२०७९ मंसिर ९ शुक्रवार ११:२६ मा प्रकाशित

You can share this post!

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२१

काठमाडौं । CFMOTO र ZEEHO व्राण्डका नेपालका लागि आधिकारिक वितरक,...

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:४१

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात्...

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:३३

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई...