back

देउवा क्याविनेटका १२ मन्त्री : कसले जिते, कसले हारे ?

काठमाडौं । भर्खरै सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा १२ जना मन्त्री सहभागी भएका छन् ।  जसमध्ये कतिपयले हार व्यहोरका छन् भने अधिकांश मन्त्रीले भने जित निकालेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवासमेत उम्मेदवार रहेको यस निर्वाचनमा राज्यमन्त्री उमेश श्रेष्ठ समेत उम्मेदवार थिए । जसमध्ये प्रधानमन्त्री देउवाले डडेलधुराबाट जित हासिल गरेका छन् । भने, राज्यमन्त्री श्रेष्ठ पराजित भएका छन् । हेरौं निर्वाचनमा सहभागी १२ जना मन्त्रीको ताजा चुनावी हालत :

बारा १ बाट उम्मेदवार रहेको खानेपानी मन्त्री उमाकान्त चौधरी पराजित भएका छन् । नेकपा एमालेका अच्युत मैनालीसँग झण्डै ९ हजार मतान्तरले मन्त्री चौधरी पराजित भएका हुन् । चौधरीले  ३० हजार ५६ मत पाएका थिए ।

सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की नेपाली कांग्रेसको तर्फबाट सुनसरी ४ मा उम्मेदवार छन् ।  उनको क्षेत्रमा हाल मतगणना जारी छ । प्रारम्भिक मतगणनामा मन्त्री कार्की नेकपा एमालेका जगदीशप्रसाद कुसियैतसँग पछि परेका छन् ।

गृहमन्त्री बालकृष्ण खाण पनि प्रतिनिधिसभा निर्वाचनअन्तर्गत रुपन्देही क्षेत्र नम्बर ३ बाट कांग्रेसका तर्फबाट उम्मेदवार छन् । गृहमन्त्री खाणको निर्वाचनमा क्षेत्रमा समेत मतगणना जारी छ । खाण राप्रपाका उम्मेदवार दीपक बोहरासँग कडा प्रतिष्पर्धामा छन् ।

यस्तै कांग्रेसका तर्फबाट दार्चुला उम्मेदवार रहेका उद्योग मन्त्री दिलेन्द्र बडू विजयी भएका छन्। नेकपा एमालेका गणेश ठगुन्नालाई पराजित गर्दै मन्त्री खाड सांसद निर्वाचित भएका हुन्

यस्तै उदयपुरबाट उम्मेदवारी दिएका परराष्ट्र मन्त्री डा. नारायण खड्काको क्षेत्रमा मतगणना जारी छ । पछिल्लो मत परिणाम अनुसार मन्त्री डा खड्काले अग्रता लिइरहेका छन् । नेकपा एमालेकी मञ्जुकुमारी चौधरीले उनलाई पछ्याइरहेकी छन् ।

नेकपा माओवादी केन्द्रको तर्फबाट बाग्लुङ क्षेत्र नम्बर २ मा उम्मेदवार रहेका शिक्षा मन्त्री देवेन्द्र पौडेलले जित हासिल गरेका छन् । पौडेल नेकपा एमालेकी मञ्जु शर्मासँग ५ हजार ७ सय ७९ मतान्तरले विजयी भएका हुन् ।

माओवादी केन्द्रका उपमहासचिव समेत रहेका अर्थमन्त्री जनार्दन शर्मा पनि विजयी भएका छन् । उनले नेकपा एमालेका नन्दराम देवकोटालाई हराउँदै रुकुम पश्चिमबाट निर्वाचित भएका हुन् ।

बाँके १ बाट माओवादी केन्द्रका उम्मेदवार रहेका खेलकुद मन्त्री महेश्वरराज गहतराजको क्षेत्रमा समेत मतगणना जारी छ ।  एमालेका सूर्यप्रसाद ढकाल र मन्त्री गहतराजबिच मतगणनाका क्रममा समेत चर्को प्रतिष्पर्धा भइरहेको छ । यद्यपि मन्त्री गहतराज एमालेका ढकालसँग पछि परेका छन् ।

ललितपुर ३ मा माओवादीकै तर्फबाट उम्मेदवार रहेकी ऊर्जा मन्त्री पम्फा भुसाल पराजित भएकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीसँग मन्त्री भुसाल भारी मतान्तरले पराजित भएकी हुन् ।

अछाम क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीको तर्फबाट उम्मेदवार रहेका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री  शेरबहादुर कुँवर विजयी भएका छन् । नेकपा एमालेका झपट बोहोरालाई हराउँदै मन्त्री कुँवर निर्वाचित भएका हुन् ।

दाङ क्षेत्र नम्बर १ बाट नेकपा एसकै तर्फबाट उम्मेदवार शहरी विकास मन्त्री मेटमणि चौधरी पनि विजयी भएका छन् । एमालेकी शान्ता चौधरीलाई पराजित गर्दै मन्त्री चौधरी निर्वाचित भएका हुन् ।

पर्यटन मन्त्री जीवनराम श्रेष्ठले भने चुनाव हारेका छन् ।  काठमाडौं क्षेत्र नम्बर ८ मा नेकपा एकीकृत समाजवादीका तर्फबाट उम्मेदवार रहेका मन्त्री श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठसँग पराजित भएका हुन् ।

 

वि.सं.२०७९ मंसिर ९ शुक्रवार १५:३२ मा प्रकाशित

You can share this post!

मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुँदा बजेटका बेला आर्थिक प्रशासन अलमलमा पर्ने आशंका

मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुँदा बजेटका बेला आर्थिक प्रशासन अलमलमा पर्ने आशंका

वि.सं.२०७९ चैत १५ बुधवार १७:२१

काठमाडौं । मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुँदा बजेट प्रशासनसँग जोडिएका अधिकांश...

गाेलबजारका मेयर श्रेष्ठ माथी मोबिल छ्याप्नेलाइ कडा कारबाही गर्न माग

गाेलबजारका मेयर श्रेष्ठ माथी मोबिल छ्याप्नेलाइ कडा कारबाही गर्न माग

वि.सं.२०७९ चैत १५ बुधवार १६:२४

मुकेश कुमार यादब, सिरहा। गोलबजार नगरपालिकाले मेयर श्यामकुमार श्रेष्ठमाथि मोविल...

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको सिईओमा चंकी क्षेत्री नियुक्त

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको सिईओमा चंकी क्षेत्री नियुक्त

वि.सं.२०७९ चैत १५ बुधवार १६:०१

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको सिईओमा चङकी क्षेत्री नियुक्त...

प्रचण्ड सरकारमा एकीकृत समाजवादीवाट प्रकाश ज्वालाले नेतृत्व गर्ने

प्रचण्ड सरकारमा एकीकृत समाजवादीवाट प्रकाश ज्वालाले नेतृत्व गर्ने

वि.सं.२०७९ चैत १५ बुधवार १५:५१

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा  (एकीकृत समाजवादी) ले प्रकाश...

बिपिडब्लु लघुवित्त र मेगा क्यापिटल मार्केट्स बीच शेयर रजिष्ट्रार सेवा उपलब्ध गराउने बारे सम्झौता

बिपिडब्लु लघुवित्त र मेगा क्यापिटल मार्केट्स बीच शेयर रजिष्ट्रार सेवा उपलब्ध गराउने बारे सम्झौता

वि.सं.२०७९ चैत १५ बुधवार १५:३७

काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेड र मेगा क्यापिटल...

राम नवमीका अवसरमा भोलि सार्वजनिक बिदा

राम नवमीका अवसरमा भोलि सार्वजनिक बिदा

वि.सं.२०७९ चैत १५ बुधवार १५:३०

कर्णाली । कर्णाली प्रदेश सरकारले प्रदेशमा भोलि सार्वजनिक बिदा दिएको...