back

गण्डकीमा सांसदः १५ जना ५० वर्ष मुनिका, ८ जनाले ६० नाघे

पोखरा । यसपालिको निर्वाचनबाट गण्डकीको राजनीतिमा पुस्ता हस्तान्तरण भएको छ । नतिजा सार्वजनिक भएको ३४ सीटमध्ये १५ जना ५० वर्ष भन्दा कम उमेरका निर्वाचित भएका छन् । मुस्ताङ (क) बाट सबैभन्दा कान्छा सांसद निर्वाचित भए । कांग्रेस नेता नम्डु गुरुङ भर्खर ३३ वर्ष लागे । उनीजस्ता ४ सांसद ४० वर्ष मुनिका छन् । मुस्ताङकै प्रदेश सभा (ख) बाट कांग्रेसका ३९ वर्षिय विकल शेरचन सांसद बनेका छन् । म्याग्दीबाट पनि दुवै सांसद ४० वर्ष मुनिका छन् । प्रदेशसभा (क) मा माओवादीका हरि भण्डारी ३८ वर्ष तथा (ख) बाट माओवादीकै ३९ वर्षका रेशम जुग्जाली सांसद बनेका छन् । बागलुङ १ (ख) मा कांग्रेसका ३८ वर्षका डिल्लीराम सुवेदी निर्वाचित भएका छन् ।

गोरखा १ (ख) बाट निर्वाचित कांग्रेसका नन्दप्रसाद न्यौपाने ४२ वर्षका छन् । गोरखा २ (क) बाट निर्वाचित माओवादीकै फडिन्द्र देवकोटा ४६ वर्षका हुन् । मनाङ (क) बाट निर्वाचित भएका कांग्रेसका मुनिन्द्र जंग गुरुङ ४१ वर्ष भएका छन् । लमजुङ (क) बाट निर्वाचित भएका कांग्रेसका टकराज गुरुङ ४७ वर्ष लागे भने (ख) का सांसद कांग्रेसकै भेषबहादुर पौडेल पनि ४७ वर्षका छन् । कास्की ३ (ख) का सांसद कांग्रेसका प्रकाश बराल बल्ल ४३ वर्ष टेके । नवलपुर १२ (क) बाट एमालेकी पद्या जिसी ४७ वर्षको उमेरमा संसद छिरेकी छिन् । बागलुङ २ (क) मा कांग्रेसकै जीत शेरचन निर्वाचित भए । उनी बल्ल ४३ वर्ष भएका छन् । २ (ख) का दोर्ण कुवँर पनि ४२ वर्षका हुन् ।
११ जना सांसद ५० देखि ६० वर्ष उमेरका छन् । गोरखा २ (ख) बाट निर्वाचित भएका कांग्रेसका सुरेन्द्रराज पाण्डे ५८ वर्ष लागे । उनी मुख्यमन्त्रीका दावेदार समेत हुन् । कास्की १ (ख) का सांसद एमालेका बेदबहादुर गुरुङ ५२ वर्षका हुन् । कास्की २ (क) बाट एमालेका भीम कार्की ५२ वर्षको उमेरमा सांसद बने ।

कास्की २ (क) बाट निर्वाचित भएका एमालेका भीम कार्की ५२ वर्ष तथा (ख) बाट निर्वाचित कांग्रेसका विन्दुकुमार थापा ६५ वर्षका छन् । तनहुँ १ (क) बाट कांग्रेसका अशोक कुमार श्रेष्ठ ५९ वर्षका छन् भने १ (ख) बाट माओवादीका हरिबहादुर चुमान ५९ वर्षका छन् ।
नवलपुर १ (ख) बाट एमालेका रोशन गाहा थापा ५९ वर्ष पुगे भने २ (ख) बाट एमालेकै लक्ष्मण पाण्डे ५४ वर्षको उमेरमा सांसद बनेका छन् । बागलुङ १ (क) मा कांग्रेसका ५६ वर्षिय दीपेन्द्र बहादुर थापा निर्वाचित भए । पर्वत १(क) मा निर्वाचित एमालेका भक्त कुवँर ५६ वर्षको भए । स्याङजा १ (क) बाट एमालेकी ५६ वर्षिय सीता सुन्दास निर्वाचित भइन् भने १ (ख) मा एमालेकै ५१ वर्षका सुधिर पौडेल निर्वाचित भएका छन् ।

हालसम्मको नतिजा अनुसार कास्की २ (ख) का कांग्रेस सांसद विन्दुकुमार थापा सबैभन्दा बढी उमेरका छन् । उनी ६५ वर्षका भए । पर्वत (ख) बाट निर्वाचित भएका मित्रलाल बस्याल पनि समान ६५ वर्षकै छन् । उनी एमालेबाट विजयी भएका हुन् । तनहुँ २ का दुवै सांसद ६० नाघेका छन् । २ (क) बाट निर्वाचित भएका एमालेका श्यामराजा महत ६३ वर्ष तथा २ (ख) बाट निर्वाचित भएका कांग्रेसका जित प्रकाश आले ६० वर्षका छन् ।

नवलपुर १ को प्रदेश सभा (क) बाट निर्वाचित कांग्रेसका महेन्द्रध्वज जिसी ६४ वर्ष भए । गोरखा १ (क) बाट निर्वाचित माओवादीका कृष्ण धिताले ६२ वर्षका भए । कास्की १ (क) बाट निर्वाचित भएका एमालेका खगराज अधिकारी ६० वर्ष लागे ।कास्की ३ (क) का सांसद एमालेका गणेशमान गुरुङ पनि ६१ वर्षका छन् । स्याङजाका २ निर्वाचन क्षेत्रको मत गन्न अझै सुरु भएको छैन । २ (क) मा ६० नाघेका उम्मेद्वारबीच प्रमुख प्रतिश्पर्धा छ भने (ख) मा ५५ र ४५ वर्ष उमेरका उम्मेद्वारबीच प्रतिश्पर्धा हुने छ ।

वि.सं.२०७९ मंसिर १० शनिवार १०:३४ मा प्रकाशित

You can share this post!

हिमपातले चीनबाट ल्याइएकाे सामग्री हिल्सामै रोकियाे

हिमपातले चीनबाट ल्याइएकाे सामग्री हिल्सामै रोकियाे

वि.सं.२०७९ माघ २३ सोमवार १७:११

हेमन्त केसी,सुर्खेत । हुम्लाको नारा लेकमा भारी हिमपात भएपछि चीनबाट...

महँगिदै नेपालीको भान्सा, मूल्यवृद्धि  ७.२६ प्रतिशत पुग्यो

महँगिदै नेपालीको भान्सा, मूल्यवृद्धि ७.२६ प्रतिशत पुग्यो

वि.सं.२०७९ माघ २३ सोमवार १६:४६

काठमाडौं । चालु आर्थिक वर्षको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.२६...

रेमिट्यान्स २४.३ प्रतिशतले बढ्यो, ६ महिनामा ५ खर्ब ८५ अर्ब रेमिट्यान्स भित्रियो

रेमिट्यान्स २४.३ प्रतिशतले बढ्यो, ६ महिनामा ५ खर्ब ८५ अर्ब रेमिट्यान्स भित्रियो

वि.सं.२०७९ माघ २३ सोमवार १६:३१

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा विप्रेषण (रेमिट्यान्स) आप्रवाह...

रास्वपाका तीन मन्त्रीले दिएकाे राजीनामा स्वीकृत

रास्वपाका तीन मन्त्रीले दिएकाे राजीनामा स्वीकृत

वि.सं.२०७९ माघ २३ सोमवार १५:५७

काठमाडौं, २३ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका तीनजना मन्त्रीले  पदबाट...

राष्ट्रियसभावाट सर्बसम्मत रुपमा तीन बिद्येयक पारित

राष्ट्रियसभावाट सर्बसम्मत रुपमा तीन बिद्येयक पारित

वि.सं.२०७९ माघ २३ सोमवार १५:३६

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले तीनवटा बिद्येयकलाई सर्वसम्मत रुपमा पारित...

यी हुन् आज सर्वाधिक गुमाउने कम्पनीहरु, कुनले कति गुमाए ?

यी हुन् आज सर्वाधिक गुमाउने कम्पनीहरु, कुनले कति गुमाए ?

वि.सं.२०७९ माघ २३ सोमवार १५:२१

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा झिनो अंकले...