back
NMB ad

अदालतबाट दोषी ठहर व्यक्ति २७ वर्षपछि पक्राउ

Kumari bank ad

बुटवल । जिल्ला अदालत रुपन्देहीबाट चोरी मुद्दामा दोषी ठहर भएका व्यक्ति २७ वर्षपछि पक्राउ परेका छन् । उनलाई २५ पुस ०५२ मा अदालतकाे फैसलाले २ वटा फरक फरक चोरी मुद्दामा दोषी ठहर गरेकाे थियाे ।

२७ वर्षदेखि लुकिछिपी बसिरहेका पुजारी थारुलाई सालझण्डी प्रहरीले पक्राउ गरेको हो । देवनारायण थारु र तत्कालीन श्री ५ सरकारको जाहेरीले चोरी मुद्दामा कैद र जरिवाना ठहर भई हालसम्म फरार रहेका साविक दुधराक्ष–०८ हालको सैनामैना नगरपालिका–०८ वस्ने  वर्ष ४९ को पुजारी थारुलाई इलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरी टोलीले शुक्रबार पक्राउ गरेको हो । पक्राउपछि फैसला कार्यान्वयनको लागि जिल्ला अदालत रुपन्देहीमा उपस्थित गराएकोमा शुक्रबार नै कारागार चलान गरिएको छ ।

यसैबीच, सवारी ज्यान मुद्दामा कैद ठहर भई नाै वर्षदेखि फरार व्यक्ति पनि पक्राउ परेका छन् । रुपन्देही जिल्ला अदालतको ७ माघ ०७० मा गरेकाे फैसलाले सवारी ज्यान मुद्दामा दोषी ठहर भई नाै वर्षदेखि लुकिछिपी बसिरहेका सिताराम थारुलाई सालझण्डी प्रहरीले पक्राउ गरेको हो ।

लापरवाही गरी ट्याक्टर चलाउँदा मानिसकाे मृत्यु भएको सवारी ज्यान मुद्दामा दुई वर्ष कैद ठहर भई ६ बर्षदेखि फरार व्यक्ति पनि पक्राउ परेका छन् ।

०७३ सालमा सैनामैना नगरपालिकाको बाँसगढीमा लापरवाही साथ सवारी चलाई मानिस मृत्यु भएको घटनामा रुपन्देही जिल्ला अदालतको १७ फागुन ०७३ काे फैसलाअनुसार सवारी ज्यान मुद्दामा २ वर्ष कैद र २ हजार रुपैयाँ जरिवाना ठहर भई ६ वर्षदेखि फरार रहिरहेका साविक सालझण्डी-६ हालको सैनामैना नगरपालिका–११ बस्ने वर्ष ३३ को हिरा भनिने मोहनलाल थारु पक्राउ परेका हुन् ।

उनलाई इलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरी प्रहरी निरीक्षक जगन्नाथ मरासिनी सहितको प्रहरी टोलीले शुक्रबार पक्राउ गरी फैसला कार्यान्वयनको लागि जिल्ला अदालत रुपन्देहीमा उपस्थित गराएकोमा सोही दिन नै कारागार चलान गरिएको हो  ।

वि.सं.२०७९ मंसिर १० शनिवार १५:३० मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...