काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको भाउ स्थिर रहेको छ । आइतबार नेपाली बजारमा सुनको स्थिर रहेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९७ हजार ८ सय रुपैयाँ, तेजावी सुन ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार पनि सोही मूल्यमा सुनको कारोबार भएको थियो ।
त्यस्तै, उक्त दिन चाँदीको मूल्य पनि १ हजार २९५ रुपैयाँ कायम भएको छ ।
वि.सं.२०७९ मंसिर ११ आइतवार ११:०५ मा प्रकाशित