काठमाडौं । प्रभु बैंक लिमिटेडले क्यापिटल मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडलाई प्राप्ति गर्ने सम्बन्धमा भएको सम्झौता अन्त्य गरेको छ ।
फाइनान्सले मंसिर १ गते बैंकलाई पत्र पठाएर प्राप्ति सम्बन्धी सम्पुर्ण प्रकृया स्थायी रुपमा स्थगित गरी संयुक्त मर्जर तथा एक्विजिसन समिति समेत भंग गर्न आग्रह गरेको हो ।
सोही अनुसार प्रभु बैंकको मंसिर ८ गते बसेको सञ्चालक समितिको बैठकले क्यापिटल मर्चेन्टलाई एक्वायर गर्ने सम्बन्धमा अघि बढाइएका सम्पूर्ण प्रक्रिया अन्त्य गर्ने निर्णय गरेको हो ।
वि.सं.२०७९ मंसिर ११ आइतवार ११:३३ मा प्रकाशित