back
NMB ad

लमजुङमा समानुपातिकतर्फ मतपरिणाम : एमाले पहिलाे, कांग्रेस दाेस्राे दल

Kumari bank ad

लमजुङ । लमजुङमा समानुपातिक मतगणनाको नतिजाअनुसार एमाले पहिलाे  र कांग्रेस दोस्रो दलको रुपमा रहने भएकाे छ । माओवादी केन्द्रको मत जिल्लामा करिब साढे छ हजार प्राप्त गरी तेस्रो स्थानमा रहेको पाइएको छ ।

जिल्ला निर्वाचन कार्यालयले जारी गरेको अन्तिम मतगणना परिणामअनुसार नेकपा एमालेले ३१ हजार १७८ मत ल्याएको छ । नेपाली कांग्रेसले २७ हजार ७९६ मत र माओवादी केन्द्रले छ हजार ४८३ मत ल्याएको देखिन्छ ।

जिल्लामा क्रियाशील रहेको अन्य दलमा रास्वपाले आठ हजार २१७ मत, राप्रपाले दुई हजार ३०८ मत, नेकपा (एस)ले ५९२ मत पाएको छ भने नेसनल मंगोल अर्गनाइजेशनले ४९७ मत र जसपाले २६१ मत पाएको देखिन्छ । यसैगरी नेपाली कांग्रेस(विपी)ले २१ मत पाएको छ ।

त्यसैगरी, ५० मतभन्दा बढी पाउनेमा आमूल परिवर्तन मसिहा पार्टी ७९ मत, नेकपा(समाजवादी/दलित पार्टी) ६९, जनमत पार्टी ६८ मत र राष्टिय जनमुक्त पार्टीले ५० मत पाएको छन् ।

समानुपातिकतर्फ कुल ४७ पार्टी चुनाव लडेकोमा यस जिल्लामा मत संख्या शून्य हुनेमा मितेरी पार्टी नेपाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र पिछडा वर्ग निसाद दलित जनजाति पार्टी गरी तीन रहेका छन् ।

प्रत्यक्षतर्फ उम्मेदवार उठाएका दुई दल नेपाल मजदुर किसान पार्टीले १९ मत पाएको छ । त्यस्तै, कमल थापाको राप्रपाले १० मत ल्याएका छन् ।

यसअघिका निर्वाचनमा दुई सयभन्दा बढी मत ल्याउने गरेको नेकपा(माले) पनि यसपटक ४३ मा खुम्चिएको छ । त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीले ४६ मत पाएको छ । राष्ट्रिय जनमोर्चाले ३६ मत ल्याएको छ । नेपाल कम्युनिष्ट पार्टीले र विवेकशील साझा पार्टीले ८/८ मत ल्याएका छन् । नेपाल कम्युनिष्ट पार्टी परिवर्तनले ७ मत तथा नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादी(पुष्पलाल)ले ३ मत पाएका छन् ।

वि.सं.२०७९ मंसिर ११ आइतवार १४:०३ मा प्रकाशित

You can share this post!

इरानको आक्रमणको ‘जवाफ’ दिने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त   

इरानको आक्रमणको ‘जवाफ’ दिने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त   

वि.सं.२०८१ वैशाख ४ मंगलवार २०:४१

जेरुसेलम, ४ वैशाख : इरानलेइजरायलमाथि गरेको पहिलो प्रत्यक्ष आक्रमणले मध्यपूर्वमा...

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री   

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख ४ मंगलवार २०:३७

काठमाडौँ, ४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रसँगको...

भोली देशभर सार्वजनिक विदा

भोली देशभर सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख ४ मंगलवार १७:३५

काठमाडौं । भोली बैशाख ५ गते देशभर सार्वजनिक बिदा हुने...

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

वि.सं.२०८१ वैशाख ४ मंगलवार १७:०६

काठमाडौं । माछापुच्छ्रे बैंकले रुपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका वडा नं....

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:५२

काठमाडौं । नेपाल बैंकले पुरानो लाभांश बुझिदिन सेयरधनीसँग आग्रह गरेको...

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:३७

चीनको अर्थतन्त्र वर्षको पहिलो तीन महिनामा अपेक्षाभन्दा द्रुत गतिमा विस्तार...