काठमाडौं । बैदेशिक रोजगारीमा जानेको लागि आईपीओ भर्न बाटो खुलेको छ । सीडीएस एन्ड क्लियरिङले सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाको प्रणालीमा रेमिट्यान्स खाताको सीआरएन नम्बर प्रवृष्टि गर्ने व्यवस्था लागू गरेको हो ।
यससँगै, अब वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले बैंक तथा वित्तीय संस्थामा रेमिट्यान्स खाता खोली सीआरएन नम्बर लिन सक्ने भएका छन् ।
नेपाल सरकारबाट श्रम स्वीकृति लिएर वैदे शिक रोजगारीमा रहेका नेपालीहरुलाई छुट्याइएको आइपीओमा आवेदन दिनका लागि रेमिट्यान्स खाता उल्लेख गरी दर्ता गरिएको सीआरएन नम्बर अनिवार्य गरिएको छ ।
सीआरएन नम्बर लिइसकेपछि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले मेरो सेयरमार्फत नै आइपीओमा आवेदन दिन सक्ने सीडीएसीले जानकारी गराएको छ ।
सरकारले वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकलाई आइपीओमा १० प्रतिशत आरक्षण पाउने व्यवस्था गरेको छ ।
वि.सं.२०७९ मंसिर ११ आइतवार १६:४६ मा प्रकाशित