back
NMB Ad

हुन्डाई नेपालद्वारा टेस्ट ड्राइभका विजेताहरूको विदाई र रोड टु फिफा वर्ल्ड कप २०२२ फाइनलका विजेता घोषणा

काठमाडौं । नेपालमा हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. ली. ले आफ्नो ‘रोड टु फिफा वर्ल्ड कप २०२२ फाइनल’ का विजेताको घोषणा गरेको छ। विजेताले कम्पनीको तर्फबाट विश्व कपको फाइनल प्रत्यक्ष हेर्न कतार जान पाउनेछन्। यसै गरी हिजो कम्पनीले हुन्डाई मोटरको “गोल अफ द सेन्चुरी” अभियान अन्तर्गतको ‘टेस्ट ड्राइभ एन्ड विन’ शीर्षकको विश्व कप लक्षित अर्को क्याम्पेनका विजेताहरूलाई पनि कतारका लागि बिदाइ गरेको थियो।

हुन्डाई मोटरको ूगोल अफ द सेन्चुरी अन्तर्गत हुन्डाईको टेस्ट ड्राइभ एण्ड विन, फुटबलको विश्वव्यापी अपील मार्फत विश्वभरका मानिसहरूलाई दिगोपना सम्बन्धी कार्यहरुमा सहभागी गराउने उद्देश्यले गरिएको थियो। कार्यक्रम अवधिभर नेपालभरका ड्राइभिङ लाइसेन्स भएका जो कोहीले हुन्डाईको जुनसुकै गाडीको टेस्ट ड्राइभ गरेर उक्त क्याम्पेनमा सहभागी हुन सक्ने थिए। र यसरी सहभागी भएका हजारौं ग्राहकहरू मध्ये हस्तमाया गुरुङ र शेरबहादुर जिसी ‘टेष्ट ड्राइभ एण्ड विन’ का भाग्यशाली विजेता चुनिएका छन्।  दुवै जना विजेताहरू आफूलाई मन पर्ने एक जनासँगै विश्वकपको एउटा खेल प्रत्यक्ष हेर्न कतार प्रस्थान गरेका छन्।

त्यसैगरी कम्पनीले आज नक्सालको शोरुममा एउटा विशेष कार्यक्रम गरी ‘रोड टु फिफा वर्ल्ड कप २०२२ फाइनल’ का विजेता छनोट गरेको छ ।अभियानमा आफ्नो नाम रेजिस्टर गरेका ८८७ प्रमाणित ग्राहकहरू मध्ये नयाँपाल बहादुर पाण्डे भाग्यशाली विजेता बनेका छन्। विजेताको रुपमा उनी विश्व कप फाइनल प्रत्यक्ष हेर्न कतार जान पाउने भएका छन्।

कन्ज्युमर आई नेपालकी अध्यक्ष विमला खनाल र राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान अनिल गुरुङले हुन्डाई नेपालको आधिकारिक फेसबुक पेजबाट लाइभ मार्फत लक्की ड्र गरी विजेताको घोषणा गरे। हुन्डाईका सबै विद्यमान ग्राहकहरूले आफ्नो VIN/VEN नम्बर मार्फत आफूलाई दर्ता गरी ‘रोड टु फिफा वर्ल्ड कप २०२२ फाइनल’ मा सहभागी हुन सक्ने प्रावधान रहेको थियो।

हुन्डाई फिफा विश्वकप-२०२२ को एक आधिकारिक प्रायोजक हो र यसले आफ्ना विद्यमान तथा सम्भावित ग्राहकहरूलाई अवसरहरू प्रदान गरेको छ। हुन्डाई नेपालले विगतमा पनि यस्तै रमाइलो क्याम्पेनहरू ल्याइरहेको छ र भविष्यमा पनि आफ्नो ग्राहकका लागि यस्ता क्याम्पेनहरू जारी राख्ने बताएको छ।

वि.सं.२०७९ मंसिर ११ आइतवार १८:५७ मा प्रकाशित

You can share this post!

इटहरीस्थित सेन्टर प्लाजामा आगलागी, उद्धारका लागि हेलिकोप्टर पठाइयो   

इटहरीस्थित सेन्टर प्लाजामा आगलागी, उद्धारका लागि हेलिकोप्टर पठाइयो   

वि.सं.२०८१ चैत १३ बुधवार १२:१६

इटहरी (सुनसरी) : इटहरी बजारको मुख्यचोकमा रहेको १० तले व्यावसायिक...

जब श्रीमानको अस्तु बोकेर पोखरा आउनुभयो लोरेटा…   

जब श्रीमानको अस्तु बोकेर पोखरा आउनुभयो लोरेटा…   

वि.सं.२०८१ चैत १३ बुधवार १२:०१

जमुना वर्षा शर्मा पोखरा, १३ चैतः अमेरिकन नागरिक ७२ वर्षीया...

सलिको इन्स्योरेन्स र सेती महाकाली ट्रक यातायात संघबीच बीमा सम्झौता

सलिको इन्स्योरेन्स र सेती महाकाली ट्रक यातायात संघबीच बीमा सम्झौता

वि.सं.२०८१ चैत १३ बुधवार ११:४९

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) र सेती...

नेपालमा सामाजिक सञ्जाल दर्ता अनिवार्य : ३० दिनभित्र सूचीकरण नगरे प्रतिबन्ध लाग्न सक्ने

नेपालमा सामाजिक सञ्जाल दर्ता अनिवार्य : ३० दिनभित्र सूचीकरण नगरे प्रतिबन्ध लाग्न सक्ने

वि.सं.२०८१ चैत १३ बुधवार ११:३९

काठमाडौं । नेपाल सरकारले सामाजिक सञ्जाल नियमनलाई थप प्रभावकारी बनाउने...

नबिल बैंकको कामु सीईओमा मनोज कुमार ज्ञवाली

नबिल बैंकको कामु सीईओमा मनोज कुमार ज्ञवाली

वि.सं.२०८१ चैत १३ बुधवार १०:४८

काठमाडौं । नबिल बैंक लिमिटेड का प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

सुनको भाउमा सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ चैत १३ बुधवार १०:३८

काठमाडौं। साताको चौथो कारोबार दिन सुनको भाउ सामान्य बढेको छ...