back
NMB ad

सेवा क्षेत्रमा सबैभन्दा बढी आयकर दाखिला गरेकोमा प्रभु क्यापिटल सम्मानित

Kumari bank ad

काठमाडौं । प्रभु क्यापिटल लिमिटेड आर्थिक वर्ष २०७७/७८ मा सेवा क्षेत्रमा मध्ये सबैभन्दा बढी कर तिर्ने कम्पनीको रुपमा सम्मानित भएको छ ।

एघारौं राष्ट्रिय कर दिवस २०७९ को अवसरमा आन्तरिक राजस्व विभाग तथा सो अन्तरगतका कार्यालयहरुले आर्थिक वर्ष २०७७/७८ मा विभिन्न विधामा अधिकतम कर योगदान पु¥याउने करदाता संस्था र व्यक्तिहरुलाई सम्मान गरेको छ । सोही अवसरमा आन्तरिक राजस्व कार्यालय पुतलीसडकले आफ्नो कार्यसेवाबाट सबैभन्दा बढी कर दाखिला गर्नेलाई गरेको सम्मानमा सेवा क्षेत्रमा सबैभन्दा बढी आयकर दाखिला गरेकोमा प्रभु क्यापिटल लिमिटेडले कदर स्वरुप सम्मान पत्र प्राप्त गरेको हो । उक्त आर्थिक वर्ष २०७७/७८ मा प्रभु क्यापिटलले १२ करोड कर तिरेको थियो ।

राष्ट्रिय कर दिवसको अवसरमा पुतलीसडक आन्तरिक राजस्व विभागले आयोजना गरेको कार्यक्रममा कार्यालयका प्रमुख कर अधिकृत श्री गजेन्द्र प्रसाद यादवले क्यापिटललाई सम्मान गरेका हुन् भने क्यापिटलको तर्फबाट वित्त विभागका ईन्चार्ज रोशन के.सीले सो सम्मानपत्र ग्रहण गरेका हुन् ।

देश विकासका खर्चहरूको लागि करले महत्त्वपूर्ण भूमिका खेल्दछ । साथै, यसले सरकारलाई सार्वजनिक सेवाहरू गर्न र सरकारको कामलाई कायम राख्न मद्दत गर्दछ । नेपालमा आर्थिक वर्ष २०७७/७८ मा रहेको कोभिडको दोस्रो लहरका बाबजुत वित्तीय तथा सेवा क्षेत्रमा कार्य गर्ने निजी तथा सार्वजनिक कम्पनीहरुले उल्लेखनीय कर योगदान गरेका छन् ।

नेपाली पूँजी बजारमा सेवा क्षेत्रमा मर्चेन्ट बैंकरको रुपमा कार्य गरिरहेको प्रभु क्यापिटल लिमिटेड सबैभन्दा बढी चुक्ता पूँजी भएको मर्चेन्ट कम्पनी हो । जसले समयानुसारकोे प्रविधि अपनाईै आफ्नो व्यवसाय र सेवा तीव्र विस्तार गर्दै आफ्ना ग्राहकहरुलाई उच्चस्तरीय सेवा प्रदान गदै आएको छ । त्यस्तै नेपाली पूँजी बजारमा भिडियो केवाइसी मार्फत अनलाईन डिम्याट खाता इन्स्ट्यान्ट खोल्ने सुविधा ल्याएको पहिलो तथा एकमात्र मर्चेन्ट कम्पनी हो ।

वि.सं.२०७९ मंसिर ११ आइतवार १९:०४ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...