back

आज १२ मंसिर २०७९ सोमबार, थाहा पाउनुहोस आजको राशिफल

आजको पात्रो:  १२ मंसिर २०७९, सोमबार । तद्नुसार नोभेम्बर महिनाको २८ तारिक २०२२ । मार्गशुक्लपक्ष पञ्चमी, आजको दिनलाई विवाह पञ्चमी भनिन्छ । आज जनकपुरमा विवाह पञ्चमी विशेष उत्सव गरी मनाउने गरिन्छ । रामायणकालीन समयमा मर्यादापुरुषोत्तम राम र सीताको विवाह भएको दिनको रुपमा विवाह पञ्चमीमा अध्योध्याबाट जनकपुर जन्ती आउने प्रचलन रहेको छ ।

उत्तरषाढा नक्षत्र, वृद्धि योग, बालव करण, चन्द्रमा मकर राशिमा रहेको छ । आज विहान सूर्योदय ०६ः२५ मा हुनेछ भने सूर्यास्त ०५ः१० मा हुनेछ । आज विहान ०७ः५५ देखि ९ः१४ को समय राहुकाल रहेको छ । आजको दिनलाई विशेष दिन मानिन्छ । त्यसैले आजको दिन विवाह र अन्य कुनै शुभ कार्य गर्नको लागि साइत हेरिरहनु पदैन । आजको देवता सूर्य र ग्रहदेव बुध रहेको छ । सोमबारका दिन सवारी साधन खरिदको लागि उत्तम दिन रहेको छ । आजको दिन नयाँ बस्त्र, र कुनै पनि चलायमान र छिटो कारोबार हुने बस्तुको सामान खरिद विक्री उत्तम रहेको छ ।

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

मेष राशिको जातकको लागि आजको दिन त्यति अनुकुल छैन । व्यापार ब्यबसायबाट सोचेभन्दा बढी लाभ मिल्नेछ । परिवार र दाम्पत्यजीवनमा साथ सहयोग र यात्रा गर्दा कष्ट हुनेछ । स्वास्थ्यमा केही समस्या हुनसक्छ ध्यान दिनु होला । सकारात्मक सोच राखेर काम गर्नुपर्ने छ ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

वृष राशिका व्यक्तिले विगतमा गरेको कामबाट अर्थलाभ हुनेछ । तर, मनमा निरासा  छाउने छ । पारिवारिक समस्याका कारण आय भन्दा ब्यय बढी हुने भएकाले सोचपूर्वक खर्च गर्नुहोला । आजको दिन तपाईहरुको लागि शुभ दिन मानिन्छ । आजको दिन कसैसँग विवाद नगर्नुहोला ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

तपाईको आजको समय र दिन अनुकुल रहेको छ । नयाँ बस्त्र, आभुषण र परिवार, दाम्पत्य जीवनमा सुखप्राप्त हुनेछ । व्यापार ब्यबसायमा तपाईले सोचेभन्दा बढी फाइदा हुनेछ । मनमा हर्ष र नयाँ काम गर्दा पनि फाइदा हुनेछ । नयाँ कामको लागि आजको दिन शुभ रहेको छ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

मनमा अशान्त र निराशा उत्पन्न हुनसक्छ । पारिवारिक तनावका कारण मनमा अनेक चिन्ता छाउने छ । कर्कट राशिका जातकले आजको दिन  कसैसँग विवाद र झगडा नगर्नुहोला । आजको दिन कसैसँग विवाद भयो भने तपाईको लागि हानी हुनेछ । आज विहान शिवालय दर्शन र नवग्रह दर्शन गर्दा तपाईको समस्या समाधान हुनसक्छ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

सिंह राशिका जातकका लागि आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुन सक्नेछ । आजको दिन यात्रा गर्दा उपलब्धी हुनसक्छ । मित्र र परिवारको साथ पाउने योग रहेको छ । परिवारका सदस्यहरुसँग विवाद हुनसक्छ त्यसैले आजको दिन सिंह राशिका जातकले कम बोल्नु र मौन रहनु नैं बुद्धिमानी हुनेछ । सूर्योदयको दर्शन गर्नुहोला ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

कन्या राशिका जातका लागि आजको दिन शुभ रहेको छ । तपाईले गर्दै आउनुभएको क्षेत्रमा मानसम्मान मिल्नसक्छ । आजको दिन नयाँ काम गर्दा भने सोच विचार गरेर काम गर्नुहोला । शिवालयमा गएर केही खानेकुरा वितरण गर्नु निकै उत्तम हुनेछ । बालक र बृद्ध मानिसलाई केही खानेकुरा र उपहार दिनुहोला ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

तपाईले आजको दिन शुरु गरेको काम सफल हुनेछ । ब्यापार ब्यबसायमा लगानीअनुसारको प्रतिफल प्राप्त हुनेछ । यात्राका लागि प्रस्ताव आउनसक्छ । अध्यात्मयात्राले तपाईलाई मनमा उर्जा थप गर्नेछ । सत्पात्रलाई दान र भोका व्यक्तिलाई भोजन दिनुभयो भने मनमा खुसियाली छाउने छ । कन्या राशिका पुरुष जातकका लागि स्त्रीजातिबाट प्राप्त हुने सहयोगले मनमा प्रसन्नाता छाउने छ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

अनावश्यक यात्राको लागि प्रस्ताव आउनसक्छ । आजको दिन यात्रा नगर्दा तपाईको भलो हुनेछ । त्यसैले आज नियमित काम बाहेक अन्य कामको लागि समय खर्च नगर्नुहोला । आजको दिन तपाईले गरेको कामको प्रसंसा हुनेछ । मानसम्मान मिल्नसक्नेछ । सरकारी कार्यालयका अधिकारीहरुलाई उच्च अधिकारबाट धन्यवाद प्राप्त हुनसक्छ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

तपाईले गरिरहनु भएको कामबाट धनलाभ हुनेछ । त्यसैले आजको दिन तपाईले सोचअनुसारको काम हुनेछ । सन्ताबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईले राम्रो काम गर्नुहुनेछ । देवालय र शिवालयको यात्रा तपाईको लागि आज फलदायी हुनेछ । आध्यामिक यात्राको लागि आजको दिन फलदायी हुनेछ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

आजको दिन आर्थिक बृद्धि हुने संभावना  छ । मनमा अशान्त हुनेछ । स्वास्थ्यमा निकै ध्यान दिनुहोला । कसैसँग विवाद हुने कुरा नगर्नुहोला । परिवारका सदस्यहरुसँग लेनदेनमा विवाद हुनसक्छ त्यसैले होस गर्नुहोला । आजको दिन मित्र र आफन्तसँगको विवाद हानी हुनसक्छ ।चन्द्रमाको साथ रहेको छ । सूर्योदयको दर्शन गर्नुहोला ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

तपाईको मनमा प्रसन्नता छाउने छ । कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम  र शत्रुमाथि विजयप्राप्ति हुनेछ । ब्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । परिवार र दाम्पत्य जीवनमा खुसियाली छाउने छ । स्वास्थ्यमा सामान्य समस्या हुनसक्छ त्यसैले ख्याल राख्नु होला।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

शिवालयको यात्रा र अध्ययन अध्यापनमा निरन्तरको प्रयासले सफलता प्राप्त हुनेछ । मीन राशिका जातकले सोमबार शुरु गरेका काम साताभित्र सकिने छ । आजको दिन तपाईको लागि निकै शुभ दिन रहेको छ । आजको दिन विहानको सूर्योदयको दर्शन गरेर कुनै पनि काम शुरुवात गर्नुभयो भने तपाईको दिन र साता नैं फलदायी हुनेछ ।

 

वि.सं.२०७९ मंसिर १२ सोमवार ०६:११ मा प्रकाशित

You can share this post!

२०७९ माघ ८ गते आइतवार, हेर्नुहोस् आजको राशिफल

२०७९ माघ ८ गते आइतवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०७९ माघ ८ आइतवार ०७:३२

२०७९ माघ ८ गते, आइतवार, २२ जनवरी २०२३। माघ शुक्लपक्ष...

आज २०७९ माघ ६ गते शुक्रवार, यस्तो छ तपाईको राशिफल

आज २०७९ माघ ६ गते शुक्रवार, यस्तो छ तपाईको राशिफल

वि.सं.२०७९ माघ ६ शुक्रवार ०६:१७

२०७९ माघ ६ गते शुक्रवार, २० जनवरी २०२३। माघ कृष्णपक्ष...

थाहा पाउनुहोस् आजको राशिफल

थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०७९ पुस ३० शनिवार ०७:२४

आज २०७९ पुस ३० गते शनिवार, १४ जनवरी २०२३। माघ...

हेर्नुहोस् आजको राशिफल

हेर्नुहोस् आजको राशिफल

वि.सं.२०७९ पुस २९ शुक्रवार ०७:१६

२०७९ पुस २९ गते शुक्रवार, १३ जनवरी २०२३। माघ कृष्णपक्ष...

आज २०७९ पुस २८ बिहीवार, यस्तो छ आजको राशिफल

आज २०७९ पुस २८ बिहीवार, यस्तो छ आजको राशिफल

वि.सं.२०७९ पुस २८ बिहीवार ०७:१६

२०७९ पुस २८ गते बिहीवार, १२ जनवरी २०२३। माघ कृष्णपक्ष...

आज २०७९ पुस २७ गते बुधबार, थाहा पाउनुहोस् आजको राशिफल

आज २०७९ पुस २७ गते बुधबार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०७९ पुस २७ बुधवार ०७:०९

आज  २०७९ पुस २७ गते बुधवार, ११ जनवरी २०२३। माघ...