काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले वार्षिक साधारण सभा बोलाएको छ । बैंकको मंसिर ११ गते आइतबार बसेको सञ्चालक समितिको बैठकले पुस ७ गते सभा बोलाएको हो ।
सभामा बैंकले ४ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद लाभांश पारित गर्ने मुख्य प्रस्ताव पेश गर्नेछ । सभा प्रयोजनको लागि बैंकले मंसिर २१ गते बुक क्लोज गर्नेछ ।
तसर्थ, मंसिर २० गतेसम्म कायम सेयरधनीले मात्र बैंकले वितरण गर्ने लाभांश सुरक्षित गर्न सक्नेछन् ।
वि.सं.२०७९ मंसिर १२ सोमवार ११:०४ मा प्रकाशित