back

विश्व मत्स्य दिवस: दानव नदीमा ५० हजार भुरा छाडियो

भैरहवा । जलीय जैविक विविधताको संरक्षण गर्न दानव नदीमा माछाका भुरा छोडिएको छ । नस्ल सुधार गर्दै स्थानीय जातका माछाको संख्या बढाउने उद्देश्यले विश्व मत्स्य दिवसकै अवसरमा नदीमा ५० हजारभन्दा बढी  विभिन्न जातका माछाका भुरा छाडिएको हो ।

स्वदेशी जातका माछा लोप हुन थालेपछि पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, शुद्ध नश्ल संरक्षण तथा प्रवद्र्धन स्रोत केन्द्र,  प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई,  नेपाल मत्स्य व्यवसायी संघ, जलदेवी मत्स्य उत्पादक सहकारी लगायतको संयुक्त आयोजानमा नैनी, रहु जातका माछाको भुरा छाडिएको हो । स्थानीय माछा प्राकृतिक जलाश्यहरुमा घट्ने क्रममा रहेकोले जलीय विधिताको संरक्षण गर्न दिवसको सन्दर्भ पारेर जनचेतनामुलक प्रभातफेरी गरी नदीमा माछा छोडिएको शुद्ध नश्ल संरक्षण तथा प्रवद्र्धन स्रोत केन्द्रका मत्स्य अधिकृत रमेश जयसवालले बताए ।

मानवीय क्रियाकलापले माछाको संख्या घट्ने भएकोले सन्तुलन गर्नका लागि पनि विगतका वर्षहरु जस्तै यस वर्ष पनि माछाका भुरा छोडिएको हो । प्राकृतिक जलाशयमा विभिन्न मानवीय गतिविधिले स्थानीय जातको माछा नष्ट हुँदै गएका छन् ।  त्यसको संरक्षण र प्रवद्र्धन गर्न उन्नत जातका र स्थानीय जातका माछाका भुरा प्राकृतिक जलाश्यमा राखिएकाे पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निमित्त निर्देशक डा.प्रवेज आलमले बताए ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइका प्रमुख नारायण काफ्लेले रुपन्देहीमा विगत ७ वर्षदेखि माछा सुपरजोन कार्यक्रम लागू भई माछाको व्यवसाय प्रवद्र्धन गर्दै प्राकृतिक जलाशयमा परम्परागत र स्थानीय माछाको सम्वद्र्धनमा कृषकहरुका लागि सहयोग गर्दै आएको बताए । कार्यालयले पनि कृषक र उद्यमीहरुलाई यान्त्रिकरण र प्रविधि प्रयोग गर्दै उत्पादन र उत्पादकत्व वृद्धि गर्नै कार्यमा सहकार्य  गरेकाले कृषकहरु उत्साहित भएकाे काफ्ले बताउँछन् ।  दिवसको अवसरमा जनचेतनामुलक ¥याली गरिएको थियो भने लोप हुन लागेका माझीहरुलाई आफ्नो पेशाको संरक्षण गर्न प्रोत्साहन स्वरुप सम्मान गरिएको थियो ।

वि.सं.२०७९ मंसिर १२ सोमवार ११:३४ मा प्रकाशित

You can share this post!

मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुँदा बजेटका बेला आर्थिक प्रशासन अलमलमा पर्ने आशंका

मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुँदा बजेटका बेला आर्थिक प्रशासन अलमलमा पर्ने आशंका

वि.सं.२०७९ चैत १५ बुधवार १७:२१

काठमाडौं । मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुँदा बजेट प्रशासनसँग जोडिएका अधिकांश...

सिराहामा एसईईको तयारी पूरा, १० हजार बढी विद्यार्थी सहभागी हुँदै

सिराहामा एसईईको तयारी पूरा, १० हजार बढी विद्यार्थी सहभागी हुँदै

वि.सं.२०७९ चैत १५ बुधवार १७:०४

मुकेश कुमार यादव / सिरहा । सिराहामा विद्यालय शिक्षाको फलामे...

नबिल बैंकको दुई वटा शाखा कार्यालय स्थानान्तरण हुँदै

नबिल बैंकको दुई वटा शाखा कार्यालय स्थानान्तरण हुँदै

वि.सं.२०७९ चैत १५ बुधवार १६:४०

काठमाडौं । नबिल बैंकको दुई वटा शाखा कार्यालय स्थानान्तरण हुने...

गाेलबजारका मेयर श्रेष्ठ माथी मोबिल छ्याप्नेलाइ कडा कारबाही गर्न माग

गाेलबजारका मेयर श्रेष्ठ माथी मोबिल छ्याप्नेलाइ कडा कारबाही गर्न माग

वि.सं.२०७९ चैत १५ बुधवार १६:२४

मुकेश कुमार यादब, सिरहा। गोलबजार नगरपालिकाले मेयर श्यामकुमार श्रेष्ठमाथि मोविल...

ज्योति विकास बैंकद्वारा वित्तीय साक्षरताका विभिन्न कार्यक्रम सम्पन्न

ज्योति विकास बैंकद्वारा वित्तीय साक्षरताका विभिन्न कार्यक्रम सम्पन्न

वि.सं.२०७९ चैत १५ बुधवार १६:१९

काठमाडौं । ज्योति विकास बैंकले ग्लोबल मनी विक २०२३ अभियान...

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको सिईओमा चंकी क्षेत्री नियुक्त

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको सिईओमा चंकी क्षेत्री नियुक्त

वि.सं.२०७९ चैत १५ बुधवार १६:०१

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको सिईओमा चङकी क्षेत्री नियुक्त...