back
NMB ad

काठमाडौंमा पहिलो डिजिटल हेल्थ कन्फरेन्स हुँदै

Kumari bank ad

काठमाडौं । नेपालमा डिजिटल हेल्थ कन्फरेन्स आयोजना हुने भएको छ । मंसिर ११ र १२ गते हुने यो सम्मेलन नेपालमा पहिलो पटक हुन लागेको हो ।

काठमाडौँमा आयोजना हुने यो सम्मेलनमा नेपालको डिजिटल स्वास्थ्य क्षेत्रको वर्तमान अवस्था र भावी कार्यदिशा लगायतका विषयमा केन्द्रित हुने बताइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रि भवानी प्रसाद खापुङको प्रमुख आतिथ्यतामा सम्पन्न हुने सो सम्मेलनमा नेपालका लागि स्विस राजदुत एलिजाबेथ भोन क्यापेलरका साथै स्विजरल्याण्ड, जापान, दुवाई लगायतका डिजिटल हेल्थमा क्रियाशील अन्तराष्ट्रिय वक्ताहरुले कार्यपत्र प्रस्तुत गर्नेछन् । नेपालका स्वास्थ्यसम्बद्ध विज्ञहरुले समेत कार्यपत्र प्रस्तुत गर्ने आयोजकले बताएको छ ।

सम्मेलनमा नेपालका डिजिटल हेल्थसम्बद्ध सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधि र अन्य सरोकारवालाहरुको उल्लेख्य उपस्थिती रहनेछ । डिजिटल हेल्थको सन्दर्भमा नेपालको वर्तमान स्वास्थ्य नीतिले सम्बोधन गरेको विषय पनि सम्मेलनको विशेष मुद्धा हुनेछ । यसका साथै डिजिटल हेल्थमा नेपालका दुरदराजका जनताको सहज पहुँचको वातावरण सिर्जना गर्ने विषय पनि सम्मेलनको मुख्य छलफलको विषय बन्ने बताइएको छ ।

वि.सं.२०७९ मंसिर १२ सोमवार १३:१९ मा प्रकाशित

You can share this post!

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालको जलविद्युतमा गरिरहेको प्रगति...

सांसद डा शर्माद्वारा बाल अस्पताललाई  २० लाख रुपैंया सहयोग   

सांसद डा शर्माद्वारा बाल अस्पताललाई २० लाख रुपैंया सहयोग   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:३४

काठमाडौँ, ६ वैशाखः प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२८

काठमाडौँ, ६ वैशाख : नागरिक लगानी कोष र सिउरी न्यादी...

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार दुई कम्पनीको मूल्य...

पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन   

पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १५:२८

कमलकुमार बस्नेत काठमाडौँ, ६ वैशाखः दिनको पहिलो प्रहर सुरु भइसकेको...

यी कम्पनीको सेयर मूल्य बढ्यो, कुनको कति ?

यी कम्पनीको सेयर मूल्य बढ्यो, कुनको कति ?

वि.सं.२०८१ वैशाख ६ बिहीवार १५:२३

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...